सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भागबण्डा गरेका हुन्। सहमति पत्रमा पाँचै दलका नेताले हस्ताक्षर गरेका छन्।
गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसले तीन र अन्य तीन दलले एक–एक महानगरको नेतृत्व पाउने भएका छन्। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पाएको छ। यससँगै कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पाएको छ।
नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरको मेयर पाएको छ भने ललितपुरमा उपमेयर पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले पोखरामा मेयर र काठमाडौंमा उपमेयर पाएको छ।
जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्जमा मेयर र विराटनगरमा उपमेयर पाएको छ।
यस्तै, ११ उपमहानगरपालिकाको पनि भागबण्डा मिलेको छ। कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ। यससँगै जितपुर सिमरा, घोराही र हेटौडाको उपमेयर पाएको छ।
माओवादीले जितपुर सिमरा र घोराहीको मेयर तथा धरान र धनगढीको उपमेयर पाएको छ। एकीकृत समाजवादीले हेटौडाको मेयर र इटहरी, बुटवल र तुलसिपुरको उपमेयर पाएको छ।
जसपाले जनकपुरको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर पाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा