सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा होमस्टे सञ्चालन गर्न चाहने महिलाहरूको समूहका लागि ५० लाखसम्म लिएको ऋण दिने र ऋणमा ५% भन्दा बढी व्याज अनुदान दिइने छ ।
त्यस्तै, हरेक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले सम्भाव्यताका आधारमा प्राकृतिक—पर्यावरण, साहसिक, धार्मिक, ताल तथा नदिजन्य, होमस्टे र पदयात्रा पर्यटनलाई पाँच बर्षे कार्ययोजनाका आधारमा निश्चित संख्याका स्वदेशी र विदेशी पर्यटक भित्राउने कार्यक्रम बनाउने जनाएको छ । जसपाले पर्यटक आकर्षित गर्ने होटेल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५% छुट दिइने घोषणापत्रमा उल्लेख छ ।
जसपाले प्रारम्भमा “एक पालीका एक मोडल स्कुल” को अवधारणालाई कार्यान्वयन गर्नै भएको छ । घोषणापत्रमा शक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गरिने बताएको छ । स्थानीय तहहरूले शिक्षामा सुरूमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा