सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
आज पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।
राप्रपा घोषणापत्रमा प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ ।
सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ। साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ।
यस्तै सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
जेष्ठ नागरिकलाई देशभित्र धार्मिक स्थलमा निशुल्क यात्राको व्यवस्थादेखि एक स्थानीय तहमा एक गौशाला निर्माणसम्मका योजना राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
यस्तै, भूमिहीन नागरिकलाई एकल तथा सामूहिक आवासको व्यवस्था, सार्वजनिक स्थानमा निस्शुल्क वाइफाइ उपलब्ध गराउने उल्लेख छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा