सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । टेस्लाका सीईओ तथा अर्बपति एलोन मस्कले लोकप्रिय माइक्रो–ब्लगिङ साइट ट्विटर प्रति धेरै चासो लिइरहेका छन्। कम्पनीको सञ्चालक बनेको केही दिनपछि उनले ट्विटर किन्न बोली पनि लगाएका छन् । मस्कले कम्पनीलाई ४१ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन् ।
एक्सचेन्ज फाइलिङका अनुसार मस्कले प्रति शेयर ५४.२० डलरमा ट्विटर किन्न प्रस्ताव गरेका छन् । यो अप्रिल १ मा कम्पनीको शेयर मूल्यको ३८ प्रतिशतको प्रिमियम मुल्य हो । जब उनले कम्पनीको ९ प्रतिशत शेयर खरिद गरेको खुलासा गरेका थिए ।
ट्विटरलाई निजी कम्पनी बनाउन जरुरी छ
ट्विटरका अध्यक्ष ब्रेट टेलरलाई लेखेको पत्रमा एलोन मस्कले भनेका छन्, लगानी गरेदेखि, मैले अहिले यो महसुस गरेको छु कि कम्पनीले यो सामाजिक आवश्यकतालाई हालको रूपमा विकास गर्दैन न त यो बढ्दै जानेछ। त्यसैले, ट्विटरलाई प्राइभेट कम्पनिको रुपमा बदल्न आवश्यक छ ।
बोर्डमा भाग लिन अस्वीकार
मस्कले आफनो प्रस्ताव उत्कृष्ट र अन्तिम भएकोले यसलाई स्वीकार नगरे शेयरधनीका हैसियतमा पुनर्विचार गर्नुपर्ने बताए । यस हप्ताको सुरुमा नै मस्कले ट्विटर बोर्डमा सामेल हुन अस्वीकार गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा