सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ चैत । एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार एक कार्यक्रमका बिचकाठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरेको छ । त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सोही सभाले ७८ कार्तिक १० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३÷३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक शेयरधनीहरूको तर्पmबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई बैंकको प्रगतिमा पु¥याउनु भएको योगदानको कदर गर्दै वहाँहरूको सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा