सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, १४ चैत । नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे ।
सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएकाे छ ।
पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनकाे पूर्ण विवरण आजकाे गाेरखापत्रमा प्रकाशित छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा