सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेरुत, २२ चैत उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ।
सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन्।
सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राचट्सले बताएको छ।
खतरनाक
त्यसपछि विमानहरुले पीडितहरुको उपचार भइरहेका केही स्थानीय स्वास्थ्यकेन्द्रमाथि पनि आक्रमण गरेको स्वास्थ्यकर्मी र विपक्षी अभियानकर्ताहरुले बताएकाछन्।
सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ।
यदि पुष्टि भएमा त्यो आक्रमण ६ वर्ष अघ सिरियाको गृहयुद्ध शुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमण हुनेछ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा