सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सारिएका गैंडाको उचित संरक्षण हुन नसक्ने भन्दै स्थानियबासीले गैंडा स्थानान्तरणको विरोध गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज बाट फेरि शुक्लाफाँट वन्यजन्तु आरक्षमा गैंडा स्थानान्तरण गरिंदै गर्दा निकुञ्ज वरपरको मध्यवर्ती क्षेत्रका बासिन्दाले भने त्यसको विरोध गरेका छन्।
निकुञ्जको शुकेभार क्षेत्रबाट सोमबार नै एउटा भाले गैंडा समातेर शुक्लाफाँटमा पठाइएको अधिकारीहरुले बताएका छन्।
कूल पाँचवटा गैंडा सारिने योजना उनीहरुको छ।
अनुचित
तर उक्त स्थानान्तरण गर्ने कार्य उचित नभएको भन्दै सौराहाका उदयचन्द्र अर्यालले त्यसको विरोध जनाए।
“चितवनबाट सारिएका गैंडाको संरक्षण हुन सकेको छैन। हाम्रो बाली नाश गर्छ अनि मानव ज्यान लिन्छ तापनि हामी त्यो सहन्छौं। हामी गैंडाको संरक्षण होस् भन्ने चाहन्छौं अनि त्यसैले स्थानान्तरणको विरोध गर्छौं,” उनले भने।
निकुञ्ज बाट सन् १९८६ देखि २००३ सम्ममा ८३ वटा गैंडा बर्दीया राष्ट्रिय निकुञ्ज लगिएकोमा ७० वटा गैंडा बबई उपत्यकामा छाडिएका थिए।
गैंडा सार्ने तयारी
प्रजाति विस्तार र संरक्षणका लागि स्थानान्तरण गरिएको अधिकारिहरु बताउँछन्
तर त्यतिखेर बबई उपत्यकामा लगिएका सबै गैंडा मरेपछि फेरि गत वर्षको फागुनमा पुन: पाँचवटा गैंडा त्यहाँ लगियो।
गत वर्ष लगिएको गैंडाले पाएको बच्चा बाघले मारिदिएको अनि अर्को भाले गैंडा मरेको बताइएको छ।
प्रजाति विस्तार
तर यी घटनाकै कारण स्थानान्तरणको विरोध गर्न नहुने चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेलले बताएका छन्।
“यो प्रजाति विस्तार र संरक्षणकै लागि गरिएको हो। यो पूरै विफल भएको छ भन्ने पनि होइन,” उनले बताए। उनका अनुसार स्थान र वातावरण फरक पर्दा त्यसले वन्यजन्तुलाई प्रभाव त पर्छ तर संरक्षण अनुसन्धानका लागि पनि स्थानान्तरण गरिरहनु जरुरी हुन्छ।
चितवनका स्थानीयबासिन्दाहरुले चाहिं स्थानान्तरण गरिएका गैंडाहरुको सुरक्षाको ग्यारेण्टी हुनु पर्ने बताउँदै आएका छन्।
नेपालमा ६४५ वटा एकसिंगे गैंडा रहेकामा चितवनमा मात्र ६०५ रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा