सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गर्नुभएको छ ।
उहाँले सो अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पु¥याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो ।
अस्पताललाई प्राप्त मेसीनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने बिश्वास गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा