सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,काठमाडौं उपत्यकाभित्र आगामी बैशाख १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ। काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी जस्ता निकायहरुको संयुक्त पहलमा उपत्यकामा हर्न निषेध गर्न लागिएको महानगरका प्रमुख कार्यकारी इश्वरीराज पौडेलले जानकारी दिए। ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम ल्याइएको पौडेलले जानकारी दिए। जथाभावी हर्न बजाएर बजार र बाटोलाई थप कोलाहल बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ नियम ल्याइएको अधिकारीहरुले बताएका छन्।
काठमाडौंको चक्रपथ भित्र पहिलो चरणमा यो नियम लागु हुने छ। उपत्यकाको बाटोमा गुड्ने निजी ,सार्वजनिक र पर्यटकिय कुनै पनि सवारी साधानले जथाभावी हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने पौडेलले बताए। बैशाख १ भन्दा अगाडिको समयमा जनचेतना फैलाउने, गाडीहरुमा स्टिकर लगाउने र हर्न नबजाउन प्रोत्साहित गर्ने कार्यक्रम रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। ‘हामी पहिलो चरणमा जनचेतनाका कार्यक्रमहरु गर्नेछौँ, उनले सेतोपाटीसँग भने, ‘नयाँ वर्षको पहिलो दिनबाट यो नियम लागू हुनेछ।’
दुर्घटना हुँदैन भन्ने भ्रममा विद्यालय, अस्पताल जस्ता संवेदनशिल क्षेत्रमा पनि जथाभावी हर्न बजाउँदा चालकहरुले झन लापरबाही गरेकोले रोक्न भन्दै नयाँ नियम ल्याइएको कार्कीले जानकारी दिए। तर यो हर्न निषेधको नियम सबैतिर सबै अवस्थामा भने लागु हुने छैन। कार्कीका अनुसार सिधा बाटोमा र अगाडिबाट सवारी साधन देखिने ठाउँमा मात्र निषेध गरिने छ। मोड, कर्नर र अगाडि र विपरीत दिसाबाट आएका सवारी देख्न नसकिने ठाउँमा भने हर्न बजाउन छुट हुने छ। त्यस्तै एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन्। नियम उलंघन गर्ने चालकहरुलाई नियम अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने महानगरका कार्यकारी पौडेलले जानकारी दिए।
‘अटेरी गर्ने चालकहरुलाई हाल हाम्रो प्रचलित कानूनी व्यवस्था अनुसार कारबाही हुन्छ’ उनले भने,‘ त्यस्तै कुनै चालकले नियम विपरीत हर्न बजाएमा ट्राफिकले तत्काल पाँच सय रुपैयाँ जरिवाना गन सक्नेछन्।’ त्यस्तै महानगरपालिकाले काठमाडौंका मुख्य सडकमा जेब्रा क्रसको साइन थप्ने भएको छ। प्रत्येक भीड हुने र आकाशे पुल नभएका सडकमा जेब्रा क्रस राखिने पौडेलले सेतोपाटीलाई जानकारी दिए।
सहरको यातायातलाई व्यवस्थित गर्नभन्दै महानगरले फुटपाथलाई पनि विस्तार गर्ने भएको छ। हाल कतिपय ठाउँमा अतिक्रमणमा परेको पुटपाथलाई संचालन गरिने पौडेलले बताए। सर्वसाधारणलाई हिडडुल गर्न सहज होस भनेर जेब्रक्रसदेखि फुटपाथसम्म व्यवस्थित गर्न महानगरले पनि छुट्टै टिम परिचालन गर्ने तयारी गरेको छ। कसैले पुटपाथ अतिक्रमण गरे त्यसलाई हटाउने, जेब्राक्रसको प्रयोग बारे यात्रुदेखि चालकसम्मलाई सचेत गराउनेसम्मका काम उक्त टिमले गर्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा