• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / मधेश प्रदेश

    गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालनमा

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ फागुन १५, आईतबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    पर्सा । नेपालको आर्थिक नगरी रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ । भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको महानगरपालिकामा सञ्चालन हुँदै आएको उक्त अभियान’ले नगरवासीलाई खुसी बनाएको छ ।

    अभियानअन्तर्गत पालिकाभित्रका सबै सहरी क्षेत्रदेखि गाउँ क्षेत्रका हरेक सडकमा बिजुली बत्ती जडान गर्ने अभियानलाई निरन्तरता दिँदै आएकाले नगरवासीमा खुसियाली छाएको हो । ग्रामीण भेगका विभिन्न वडालाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बहुवर्षीय परियोजनाका रुपमा उक्त अभियान सञ्चालन हुँदै आएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

    एकसय ३२ दशमलव एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरपालिकाको ३२ वटै वडाका सबै सडक तथा गल्लीमा एलइडीलाइट र चोक–चोकमा टावरलाइट जडान भएपछि रातिको समय आवतजावतमा सहज हुनाका साथै चोरीलगायत अन्य आपराधिक गतिविधि न्यून भएको वडा नं २१ विन्दवासनी निवासी मनुकुमार यादवले बताए ।

    अभियानले नगरवासीलाई बेलुकाको समयमा व्यापार व्यवसाय गर्न सहज भएको व्यवसायीहरुको भनाइ छ । सोह्र वटा वडा नगर क्षेत्र र १६ वटा वडा ग्रामीण क्षेत्र रहेको महानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको ५० प्रतिशत समपूरक अनुदान प्राप्त भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डलेले जानकारी दिए ।

    एलइडीलाइट जडानका लागि महानगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाका आधारका टेण्डर प्रक्रिया पुर्‍याई तीन वर्षभित्र १४ हजार बत्ती जना गर्न सूर्योदय/टपसन जेभीसँग २०७५ जेठ २५ गते सम्झौता भएको उनको भनाइ थियो ।

    महानगरभित्र ४० वटाको तीन हजार ९४३ वटा, ६० वटाको सात हजार २०६ वटा र १०० वटाको दुई हजार २४१ वटा एलइडिलाइट जडान गर्न २३ करोड ९६ लाख २४ हजारमा ठेक्का सम्झौता भएकामा हालसम्म ५० प्रतिशतभन्दा बढी बत्ती जडान भइसकेको अधिकृत पाण्डेले जानकारी दिए । उनले सम्पूर्ण एलइडी लाइटलाई पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने र पाँच प्रतिशत बत्ती जगेडा राख्नुपर्ने सम्झौतामा उल्लेख भएको बताए ।

    राति भएपछि गाउँगाउँमा अँध्यारोका कारण तरकारीको बिक्री बन्द गर्नुपर्ने समस्या हुँदै आएकामा टावरलाइट जडान भएपछि ती समस्या समाधान भएको पर्साको बैरिया बिर्ता निवासी राजुदिन मियाँ अन्सारीले जानकारी दिए । उनले चोकमा बत्ती नहुँदा अँध्यारोमा समान तथा नगद चोरीको समस्या हुँदै आएकामा बत्ती भएपछि अबेर रातिसम्म कारोबार हुन थालेको छ बताए ।

    ग्रामीण क्षेत्रको चोकमा महानगरपालिकाले टावर लाइट र सडकमा एलइडीलाइट जडान गरापछि गाउँमा पनि रौनक छाएको वडा नं २६ निवासी सिंघासनप्रसाद कुर्मीले बताए । ग्रामीण क्षेत्र उज्यालो भएपछि यस भेगमा पनि व्यापार वृद्धि भएको उनको भनाइ थियो । ग्रामीण क्षेत्रका १५ वटा वडामा पनि लाइट जडानको कार्य पूरा भएको र आउने तीन महिनाभित्र बत्ती जडानको कार्य पूरा हुने ठेकेदार कम्पनीका परियोजना प्रमुख तथा इञ्जिनीयर भागिरथ दुवेले जानकारी दिए । उनले हालसम्म आठ हजारभन्दा बढी लाइट जडान भइसकेको र बाँकी रहेका लाइटलाई अब दुई महिनाभित्र पूरा गरिने बताए ।

    विद्युत् प्राधिकरणको पाँचौँ प्रसारण लाइनमा केही समस्या देखिएपछि अटो सेन्सर लाइट जडान थालिएकाले काम चाँडै पूरा हुने इञ्जिनीयर दुवेको भनाइ थियो । उनले कोरोना सङ्क्रमणका कारण भएको लकडाउन र तारको समस्याले गर्दा निर्धारित समयमा परियोजना पुरा नभएको बताए ।

    महानगरपालिकाभित्र रहेका विजुलीको पोलमा जडान गरिएको वत्ति दिनभरी बलिरहने र राज्यको धेरै उर्जा खेर गइरहेको देखेपछि ओटो सेन्सर तथा अटो कट प्रविधियुक्त वत्ति जडान गर्न थालिएको नगर प्रमुख सरावगीले जानकारी दिए । उनले वर्षौदेखि अँध्यारोमा बस्दै आएका आम नागरिकको घर अगाडीको पोलमा एलइडिड लाइट जडान भई उज्यालो भएपछि सर्वसाधारण हर्षित भएको बताए । अभियानअन्तर्गत महानगरपालिकाभित्रका सबै विद्यालय, मठमन्दिर, मस्जिदलगायत धर्मस्थलीदेखि गल्ली गल्लीलाई उज्यालो बनाइने भएको छ । एलइडी लाइट अत्याधुनिक टेक्नोलोजीको भएका कारण सात वर्षसम्म कुनै समस्या नदेखिने बताइएको छ ।

    अभियानका लागि दुई हजार जति खम्बा थपिएकाले त्यसमा एलइडी लाइट जडान गर्न महानगरपालिकाले थप दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । विद्युत् प्रसारण लाइनको पाँचौँ तर समयमा जडान हुन नसक्दा आफूहरुको ६० देखि ७० लाख अतिरिक्त खर्च भएको नगर प्रमुख सरावगीले जानकारी दिए । विद्युत् प्राधिकरणलाई पटकपटक पत्राचार गर्दा अब बल्ल छ करोड बजेट छुट्याएर पाँचौँ तार हाल्ने तयारी भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

    सर्लाहीमा २०० बोरा चिनी बरामद

    महोत्तरीमा ३ लाख ३६ हजार ९५ जना मतदाता, २५८ मतदानस्थल र ४९७ मतदानकेन्द्र

    मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

    नागरिकको गुनासो सुन्न गाउँ- गाउँमा सुनसरीका सिडिओ

    रेल सञ्चालन हुन लाग्दा मुआब्जा विवाद पनि समाप्त

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑