सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँः राजधानीस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र सोमवार बिहान एउटा चितुवा पसेको छ ।
विमानस्थलमा चितुवा पसेपछि बिहान साढे आठ बजेदेखि आधा घन्टालाई सम्पूर्ण उडान बन्द गरिएको थियो । विमानस्थल बन्द गरेर चितुवाको खोजी गरिँदा नभेटिएपछि उडान भने सुचारु गरिएको छ ।
चितुवाको खोजीका लागि अहिले सुरक्षाकर्मी र शिकारी परिचालन गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार चितुवा रन-वे नजिकैको क्षेत्रमा देखिएको थियो ।
चितुवा देखिएको क्षेत्रमा खोजीकार्य तीब्र पारिए पनि अहिलेसम्म फेला पर्न नसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।
अहिले चितुवा देखिएको क्षेत्रमा सुरक्षाकर्मी र शिकारीले ढुकेर चितुवाको निगरानी गरिरहेका छन् । तर, एक पटक देखिएको चितुवा फेरि नदेखिएको विमानस्थल प्रशासनले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा