सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोचाृको नयाँ शर्तले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो शर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख सत्तारुढ घटकबीच विवाद भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल केही साता निर्वाचन सारेर या दुई चरणमा गरेर भएपनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन उसको सरोकार सम्बोधन गर्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस त्यसमा तयार छैन । यसअघिका वार्तामा मोर्चाले मधेसमा जनसंख्या अनुपातमा स्थानीय तह थप्नुपर्ने तथा संघीय आयोगको क्षेत्राधिकार बढाउँदै संविधानको धारा २७४का केही उपधारा संशोधन गर्नुपर्ने माग गर्दै आएको थियो ।
सत्ताघटक र प्रतिपक्षी एमालेबीच यसबारे पनि सहमती हुन सकेको छैन । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला छुट मतदाता नामावली थप्ने र स्थानीय तहको संख्या बढाउने सर्तले बैशाख ३१मा निर्वाचन हुन सक्ने संभावना कम हुँदै गएको बताउँछन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा