सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सन्तान जन्माउनु भएको चानचुने कुरा होइन । सन्तानलाई जन्मदिएपश्चात् महिलाको दोस्रो जन्म भएको हो भन्ने मान्यता छ । यसैकारण थुप्रै महिलाले एकभन्दा धेरै बच्चा जन्माउने सोच राख्दैनन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौं जो १३ औं पटक आमा बन्दैछिन् । उनका अनुसार उनलाई आमा बन्ने लत लागेको छ । ३५ वर्षीया यी महिलाका १२ सन्तान छन् ।

डेली मिररको रिपोर्ट अनुसार बेलायतकी चेरिल प्रुधमले आफूलाई गर्भवती हुने बानी लागेकै कारण दर्जनभन्दा बढि सन्तानलाई जन्म दिएको बताइन् । उनले आफ्ना सन्तानलाई पाल्न सक्षम भएको बताएकी छिन् । यसका लागि उनले सरकारको अनुदानसमेत पाएको बताएकी छिन् । चेरिललाई बेलायतको सबैभन्दा ‘लज्जित’ आमा र ‘क्विन अफ बेनिफिट्स’ को नामले चिनिन्छिन् ।

१२ सन्तानकी आमा र १३ औं बच्चाकी आमा बन्न लागेकी चेरिललाई सरकारले हरेक वर्ष ४० हजार पाउन्ड अर्थात करिब ५४ लाख रुपैयाँ पाउने गरेकी छिन् । सबैभन्दा अचम्मको कुरा त के छ भने उनी १३ औं पटक ‘स्पर्म डोनर’ को मद्दतले आमा बन्न लागेकी छिन् किनभने उनको सम्बन्धविच्छेद भइसकेको छ । आफ्ना १२ सन्तानका पिता भिन्दा–भिन्दै बताउने चेरिल बच्चा थपिँदा आफ्नो आयमा वृद्धि हुने बताउँछिन् । उनी सन्तान त चाहन्छिन् तर प्रेमीबाट होइन ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा