सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २० ,काठमाडौः नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमी लगायतका नेता पक्राउ परेका छन् । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक भट्टराईसहित नेता कार्यकर्ता प्रहरीले पक्राउ परेका हुन् । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिनेक्रममा प्रहरीले नेतालाई पक्राउ गरेको हो । नाराजुलससहित निर्वाचन आयोगको कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।
बहादुर भवन नजिकैबाट भट्टराईसहित ५० जना पक्राउ गरेकाे प्रहरीले जनाएको छ । यसैबीच वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । उत्तेजित भएको भीडले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत माग गरेका छन् । प्रहरी दमन मुर्दावाद, चुनाव चिन्ह पाउनै पर्छ, तीन दलीय सिन्डिकेट खारेज गरलगायतका नारा लगाएका छन्। नयाँ शक्तिसहितका साना दलहरुले आसन्न चुनावमा निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व नगर्ने दललाई चुनाव चिन्ह नदिएपछि निर्वाचन आयोग घेराउ गर्न गएका हुन् । आयोगले संसदमा नरहेका दललाई स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा