सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंमा न्युरोडमा रहेको सुन पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका छन्। न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिव माइतीको पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका हुन्।
हत्कडी बोकेका र पेस्तोल भिरेका मान्छेलाई प्रहरी होईनन् भनेर अविश्वास गर्नु पनि कसरी ? शिव माईति लल्याक लुलुक भैहाले । महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी हवल्दार बल बहादुर थापा, जवानहरु जनक ढकाल र अमित गुरुङ सहितका ६ जना लुटेरा समुहले उक्त कारखानाबाट ५० तोल सुन लुटे, अनि प्रहरीकै रवाफ देखाएर हिँडे ।
अपराधीको कुनै जात, धर्म, भुगोल नहुने भन्दै एसएसपी अमात्यले प्रहरी नै लुटपाटमा सम्लग्न भएकोप्रति चिन्ता ब्यक्त गरे। ‘दोषीलाई हामी जसरी पनि पक्राउ गर्छौ, प्रहरी हो भनेर लुकाउदैनौं, यस अघि पनि अपहरणमा सम्ल्ग्न २ जना सइलाई हामीले पक्राउ गरी कारबाही गरेका थियौं,’ उनले भने।
यसरी देशको सेवा गर्ने कसम खाएर लुटपाटको कुकर्म गर्ने तिन प्रहरी मध्ये अमित गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । ‘घट्नामा संलग्न तिन प्रहरी र अन्य तिन जना लुटेरा समुहका सदस्य मध्ये पाँच जनालाई नियन्त्रणमा लिईसकेका छौं’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘एक हवल्दार र एक जवान फरार छन्, खोजिरहेका छौं ।’
लुटेरा समुहले सो कारखानाबाट करीब २८ लाख मुल्य बराबरको अंदाजी ५५ तोला सुन लुटपाट गरेको अपराध महाशाखाले जनाएको छ ।
अपराध महाशाखाले मध्यान्ह पत्रकार सम्मेलन गरेर घट्नाबारे जानकारी गराउने जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा