सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ।
अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको यस गीतमा शब्द संगीत रहेको छ। विषम आचार्यको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। शिशिरजय खरेल निर्माता रहेको यस भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
भिडियो लिंक:
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा