सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देहीः बुटवलमा पहिलोपटक सेयर खरिद बिक्री सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मङ्गलबारदेखि यहाँ सेयर खरिद बिक्री सुरु गरेको हो ।
कम्पनीको बुटवल शाखाले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो ।
प्रालिका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि सेयर खरिद बिक्री कार्यको थालनी गरेको बताए ।
विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने अनुमति पाएको प्रालिले बुटवलका लागि २०७३ चैत १३ गते सेयर कारोबारको स्वीकृति पाएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा