सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, २५ माघ । कर्णाली प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चाैथाे तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।
सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएकाे हाे ।
सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाती र मधेसी काेटामा सिट छुट्याइएकाे छ ।
याेग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
अप्राविधिककाे प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासकाे ५ जेठमा परीक्षा हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा