सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १९, मोटरसाइकलको स्वरूप फेरेर चलाउँदै हुनुहुन्छ ? वर्कसपका मिस्त्री पनि यस्तो काममा संलग्न हुनुहुन्छ ? यदि भएमा विचार गर्नुहोला, अब जरिवाना मात्र होइन सार्वजनिक मुद्दासमेत खेप्नुपर्ने अवस्था आउन सक्छ । पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरी जथाभावी चलाउन थालेपछि कास्की ट्राफिक प्रहरीले त्यसविरुद्ध अभियान थालेको छ । अभियानअन्तर्गत केही मोटरसाइकल नियन्त्रणमा लिई जरिवाना तिराए पनि यो क्रम घटेन । त्यसैले अब भने स्वरूप परिवर्तन गर्ने मोटरसाइकलधनी र परिवर्तन गरिदिने मिस्त्रीसमेतलाई कारबाहीको तयारी गरेको छ । ‘यस्तो काम गर्ने र गराउनेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दाको तयारीमा छौं,’ ट्राफिक प्रहरीका सई शिवबहादुर थापाले भने ।
ट्राफिकले गत माघदेखि स्वरूप परिवर्तनविरुद्ध अभियान चलाएकोमा हालसम्म डेढ सय मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्ता मोटरसाइकललाई पुरानै अवस्थामा फर्काउने गरिएको थियो । बजारमा अझै ठूलो संख्यामा त्यस्ता मोटरसाइकल रहेको पाइएपछि प्रहरीले यसविरुद्ध कडा कदम चालेको हो । ‘पुरानै स्वरूपमा फर्काएर जरिवाना तिराएर अभिभावकको जिम्मा लगाए पनि नरोकिँदा सार्वजनिक मुद्दातर्फ गएका हौं,’ उनले भने ।
स्वरूप परिवर्तन गर्दा मोटरसाइकल असन्तुलित भएर दुर्घटनाको जोखिम बढी हुन्छ । साइलेन्सर फेर्ने, प्वाल पर्ने, लुकिङ ग्लास र हेन्डिल फेर्ने गरिएको छ । यसले ध्वनि प्रदूषणसमेत हुन्छ । ट्राफिक प्रहरीका अनुसार विशेषगरी बुुलेट, क्रसफायर र डयुकलगायत मोटरसाइकलको स्वरूप फेरिने गरिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा