• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

      भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

      मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

      धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    होमपेज / समाज

    भान्सा छोएको भन्दै दलित बालकमाथि निर्मम कुटपिट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १९, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    चैत्र १९ ,सुर्खेत : वार्षिक परीक्षा सकिएकाले विद्यालय विदा थियो । विदाको समयमा उनीहरू घरनजिकै खेल्दै थिए । त्यतिकैमा चक्र शाहीले दौंतरी भीमबहादुर विकलाई आफ्नो घरभित्र टर्च (लाइट) लिन पठाए । साथीको आग्रहलाई नकार्न नसकेपछि भीमबहादुरले घरभित्र छिरेर टर्च ल्याए । त्यसको परिणाम गैरदलितको घरभित्र पसेर भान्सा छोएको आरोपमा उनले बुधबार निर्घात कुटाइ खानुपर्यो । पश्चिम सुर्खेतको कुनाथरीस्थित गबेना गाउँका यी दुई बालकबीच कुनै जातीय भेदभाव थिएन । दलित र गैरदलित परिवारमा जन्मिए पनि उनीहरूबीच घनिष्ट मित्रता थियो । भान्सा छुँदा साथीले कुटाइ खानुपर्ला भन्ने सोचेको भए सायद चक्रले आफ्नो घरभित्र पस्न बल गर्ने थिएनन् । तर दलितले भान्सा छोएको भन्दै चक्रका अभिभावकले ९ वर्षीय भीमबहादुर विकलाई निर्घात कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । भीमबहादुर विकको शरीरभरि नीलडाम छन् । छिमेकीको कुटाइपछि घाइते भएका उनी हिँडडुल गर्न सक्दैनन् ।

    स्थानीय वरडाँडा विद्यालयमा कक्षा ३ मा अध्ययरत भीमबहादुरले साथीको घरभित्र पस्दा कुटाइ खानुपर्ला भन्ने कल्पना नै गरेका थिएनन् । तर स्थानीय बाटु शाही र उनका छोरा भरतले भान्सामा दलितले छोएको भन्दै आफूमाथि कुटपिट गरेको भीमबहादुरले बताए । शरीरको घाउ देखाउँदै उनले भने, ‘मलाई चक्रले घरभित्र पठायो, बाहिर आउँदा किन भान्सामा छोएको ? भन्दै उसका आफन्तले कुटे । मलाई खोलामा लगेर कुटपिट गरे, बेहोस भएपछि घरमा ल्याएर फालेछन् ।’ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी जैसरा विकले परिवार नै मिलेर आफ्नो छोरामाथि कुटपिट गरिएको बताइन् । उनले भनिन्, ‘म गोठालो गएकी थिएँ, दिउँसो घरमा आउँदा छोरो थिएन । खोज्दै जाँदा बेहोस अवस्थामा फेला पारेँ, कुटपिट गरेर बेहोस भएपछि उनीहरूले आफ्नै घरभित्र लुकाएछन् ।’

    दलितले भान्सा छोएको भन्दै निर्मम ढंगले छोरामाथि कुटपिट गरिएको उनको भनाइ छ । ‘आजसम्म मिलेर बसेका थियौं, आफ्नै छिमेकीले यस्तो गर्लान् भन्ने सोचेकी पनि थिइनँ’, उनले थपिन्, ‘दलित भएकै कारण हामीले कति पीडा सहने ? अब दोषीलाई कानुनी कारबाही हुनुपर्छ । गाउँमै मिलाउन खोजेका थिए, म न्याय माग्दै सदरमुकाम आएकी हुँ ।’ पीडित बालकका मामा जगदीश विकले जातकै आधारमा आफुहरुमाथि विभेद गरिएको बताए । आरोपित बाटुले भने आफूले नभई आफ्नो छोराले मात्र कुटेको दाबी गरेकी छन् । उनले भनिन्, ‘दलित हाम्रो घरभित्र पस्दा छोरालाई देउता आयो, शरीरमा देउता चढेपछि छोरोले नै यसलाई कुटेको हो ।

    म घरदेखि केही टाडा थिएँ, मैले उसलाई छोएको छैन ।’ घरभित्र पसेर भान्सामा छोएपछि छोरोले कुटेको उनले स्वीकार गरिन् । घटनाबारे ढिला मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे छानबीन सुरु गरिएको भन्दै प्रहरीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही थालिने प्रहरीको भनाइ छ । जातीय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजारसम्म नगद जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑