सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,काभ्रे । स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा काभ्रेका जनतामा यसप्रति चासो बढ्दै गएको छ । दुई दशकपछि स्थानीय तहको चुनाव हुन लागेकाले चुनावपछि स्थानीय क्षेत्रमा के–कस्ता परिवर्तन हुने नहुने भन्ने विषयमा जनताको चासो बढ्न थालेको हो । प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा खासै परिवर्तन नआएपछि अब हुने स्थानीय चुनावले समाजमा के–कस्तो परिवर्तन ल्याउने हो भन्ने कुराको चर्चा परिचर्चा बढ्न थालेको काभ्रेका कैलाश चौलागाईंले बताउनुभयो ।उहाँले चुनावी प्रचारप्रसारका क्रममा समाजमा थुपै्र खालका विकृति विसंगति बढ्ने गरेको देखिएकाले त्यसलाई सरकारले नियन्त्रण गर्नुुपर्ने बताउँदै ।
“स्थानीय तहको चुनावमा युवालाई सत्ता हस्तान्तरण गर्नु आवश्यक छ भन्नुभयो ।” चुनावका वेला कस्तो व्यक्तिलाई मतदान गर्ने भन्ने चासो सर्वत्र बढ्न थालेका छन्, काभ्रे बनेपाकी स्थानीय कमला दाहालले भनिन्— ‘समाजको समग्र रुपान्तरणमा सहयोग गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा चोक चोकमा चर्चा हुन थालेका छन् ।’ ‘पहिलेको चुनावपछि त खासै परिवर्तन भएन्, अब के होला र खै १’ उहाँले भन्नुभयो । साविक उग्रचण्डी नाला गाविस हाल बनेपा नगरपालिका समन्वय समितिका सह–संयोजक योगराज दाहालले स्थानीय तहको चुनावपछि समाजको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्थानीय चुनावमा जुझारु युवा र पहिलेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिलाई समायोजन गरेर लैजानुपर्ने बताउँदै उहाँले आफू नेपाली काँग्रेसकोतर्फबाट भएकाले आफ्नो पार्टी स्थानीय तहमा पुगेमा समाजमा आमूल परिवर्तन ल्याउने धारणा व्यक्त गर्नुभयो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा