सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ माघ । राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने भएको छ ।
राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बताएका थिए ।
निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो ।
राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा