सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सन् २०१८ का लागि ईपीएस परीक्षामार्फत कामदारका रूपमा कोरिया जान चाहेका ७३ हजार बढीले परीक्षा फारम भरेका छन् । गत १० दिनअघिदेखि वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले अनलाइन आवेदनको आह्वान गरेको थियो । आज (शुक्रबार) १ बजेसम्म बैंकमा रकम जम्मा गरेका आवेदकले आजै रातको १२ बजेसम्म अनलाइन परीक्षा फारम भर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । हालसम्म परीक्षा फारम भर्ने आवेदकको संख्या ७३ हजार ६ सय ९५ पुगेको छ । “आजै १ बजेसम्ममा ग्लोबल आईएमई बैंकमा रकम जम्मा गरेकाले रातको १२ बजेसम्म फारम भर्न सक्छन्,” ईपीएस शाखाका शाखा अधिकृत शोभाकर भण्डारीले भने, “यसको कुल तथ्यांक भोलि आउँछ, अहिले पनि फारम भरिरहेको देखिँदैछ ।”
हालसम्म एग्रीकल्चरमा ५० हजार १४८ जनाले परीक्षा फारम भरेका छन् भने म्यानुफ्याक्चरमा २३ हजार ५ सय ४९ जनाले परीक्षाका लागि आवेदन दिएका छन् । शाखा अधिकृत भण्डारीका अनुसार गत वर्ष फारम भर्ने म्याद ४ दिनसम्म मात्र दिइएको थियो । यस वर्ष भने १० दिन दिइएकाले अझै म्याद नथपिने बताए ।
फारम भर्दा गल्ती भयो कि ? : ईपीएस शाखाले अनलाइन आवेदन दिँदा केही विवरण गल्ती भएको भए सच्याउन अनुरोध गरेको छ । यसका लागि ६ दिनको म्याद तोकेको छ । चैत २० गतेदेखि २५ गतेसम्मका लागि आवेदकले आफूले काम गर्न भरेको ‘सेक्टर’ बाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सक्नेछन् । यस्ता गल्तीमा पासपोर्ट नम्बर, नाम, ठेगानालगायत अन्य विवरण हुनेछन् । आवेदकले यो समयावधिमा आफ्नो विवरण रुजु गरेर हेर्न सक्ने ईपीएस शाखाले जनाएको छ ।
सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । जसमा उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिको क्षेत्रमा ६ हजार नेपाली कामदार कोरिया जाँदैछन् । ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाका शाखा अधिकृत भण्डारीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा