सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१८ चैत, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाविना पनि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् । शुक्रबार बिराटनगर आइपुगेका देउवाले भने- मधेसी जनता चुनावको पक्षमा छन्, पार्टीले भन्दैमा चुनाव रोकिन्न, चुनाव कुनै पनि हालतमा हुन्छ ।’
कांग्रेस सभापति देउवाले चुनाव एकै चरणमा सम्पन्न बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कन बाहेकका अन्य विषयलाई टुङ्गाएर मधेसी मोर्चालाई पनि चुनावका सहभागी गराउने प्रयत्न भने भइरहेको जानकारी दिए । सत्तापक्षको प्रयास अहिले पनि स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई पनि सहभागी गराउने छ र सोही ढंबाट मधेसी मोर्चासँग वार्ता र छलफल चलिरहेको भन्दै देउवाले मधेसी मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा