सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १८,काठमाडौं – साउदीमा बुधबारबाट सुरु भएको आममाफिको प्रक्रियाका लागि झण्डै ४ सय जना नेपाली पुगेका छन् । साउदी सरकारले श्रम कानुन र अध्यागमन कानुन उलंघन गर्ने आप्रवासीलाई आममाफि दिएपछि अवैध रुपमा बसेका नेपालीले घर फर्किन नेपाली दूतावासको कार्यालयमा सम्पर्क गरेका हुन् । साउदीका कार्यावाहक राजदूत आनन्द शर्माका अनुसार रियादमा २ सय ३८ जना पासपोर्ट नभएका र ४० जना पासपोर्ट भएका नेपाली पुगेका छन् । दमाममा ७६ जना र महावाणिज्य दूतको कार्यालय जेद्धामा ५० जनाले सम्पर्क गरेका छन् ।
पासपोर्ट नभएकाहरुलाई ट्राभल डकुमेन्ट बनाएर फर्काउने प्रक्रिया सुरु गरिने दूतावासले जनाएको छ । दूतावासले त्यहाँ रहेका संघसंस्था तथा एनआरएनए सँग समन्वयन गर्न शुक्रबार बैठक राखेको छ । अवैध रुपमा रहेका नेपालीलाई घर फर्काउन सहयोग गर्न दूतावासले सबैलाइृ आग्रह पनि गरेको छ । गम्भीर अपराध गरेका र मुद्धाचलिरहेका आप्रवासी भने फर्किन पाउने छैनन् । तर सामान्य खालका मुद्धा भएमा फैसलापछि मात्रै उनीहरु फर्किन पाउने साउदी सरकारले जनाएको छ । आममाफिको अवधिमा घर फर्किंदा कुनै जरिवाना तिर्नु पर्दैन फर्किने हवाई टिकट समेत साउदी सरकारले नै व्यवस्था गर्ने छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा