• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

      पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

      काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

      पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

    होमपेज / खेलकुद

    नेपाल प्रतिष्ठा जोगाउन सफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १८, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    चैत्र १८ ,काठमाडौं- कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले बिहीबार एसिसी इमर्जिङ कपमा हङकङमाथि ७ विकेटको जित निकालेको छ। बंगलादेशको कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई जिताउन ज्ञानेन्द्रले ७० रन बनाए भने महत्वपूर्ण २ विकेट पनि लिए। टस हारेर ब्याटिङका लागि निम्त्याइएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। २ सय १५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो खेलमा पाकिस्तानसँग ६ तथा दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि बिहीबारको खेल प्रतिष्ठामा सीमित बनेको थियो। एसोसिएट राष्ट्रमा परिचित प्रतिद्वन्द्वीका रूपमा रहेको नेपालले हङकङमाथि विजय हासिल गरेको यो छैटौं खेल हो। १० एकदिवसीय खेलमा नेपाल ६ मा विजयी भएको छ भने ४ खेलमा पराजित भएको थियो। यस जितले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हुने खेलमा नेपालको मनोबल बढेको छ।

    ओपनरद्धय क्यामेरुन म्याकऔसलन र अंशुमन रथले हङकङलाई राम्रो सुरुआत दिलाएका थिए। दुईले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै नेपाली बलरलाई निराश पारेका थिए। ६० बलमा ७ चौकासहित ५१ रन बनाएका अंशुमनलाई ज्ञानेन्द्रले ‘कट एन्ड बोल्ड’ गरेपछि हङकङले निरन्तर विकेट गुमायो। २१औं ओभरको अन्तिम बलमा अंशुमनलाई आउट गरेका ज्ञानेन्द्रले २३औं ओभरको दोस्रो बलमा म्याकऔसलनलाई पनि ‘कट एन्ड बोल्ड’ गरेका थिए। म्याकऔसलनले ७३ बलमा ५ चौकासहित ४३ रन बनाएका थिए। ९ बलअन्तरमा ओपनरद्वयलाई गुमाएपछि हङकङका कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्। ६ रन बनाएका निजाकत खानलाई सन्दीप लामिछानेले ज्ञानेन्द्रमार्फत क्याच गरे। २० ओभरसम्म ९५–० को स्थितिमा रहेको हङकङले २४औं ओभर सकिँदासम्म थप ११ रन मात्र जोड्दै ३ विकेट गुमाएको थियो। वाकस खानले बाबर हायतसँग चौथो विकेटका लागि २६ तथा वाजिद शाहसँग पाँचांै विकेटका लागि २८ रनको साझेदारी गर्दै हङकङको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। बाबरलाई बायाँहाते स्पिनर भुवन कार्कीले सुसन भारीबाट क्याच गराए भने वाकसलाई सुसनले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए।

    बाबर ९ रनमा पवेलियन फकर्िंदा वाकसले ३ चौकासहित ३० रन जोडे। हङकङका शाहिद वासिफले २२, एसन खानले १८ र वाजिद शाहले १६ रन बनाए। नेपालका अविनाश कर्णले ५ ओभरमा २९ रन दिएर ३ विकेट लिए। प्रतियोगितामा अविनाश नेपालबाट धेरै विकेट लिने खेलाडी हुन्। २ खेलमा १३ ओभर बलिङ गरेका अविनाशले ७५ रन दिएर ६ विकेट लिए। १० ओभर बलिङ गरेका ज्ञानेन्द्रले २५ रन दिएर २ विकेट लिए। त्यस्तै भुवन र सुसनले समान २/२ विकेट लिए भने सन्दीपको नाममा १ विकेट रह्यो। ज्ञानेन्द्र र सन्दीपले प्रतियोगितामा समान ५/५ विकेट लिए।

    ओपनिङमा समस्या देखिएको नेपालले बिहीबार आसिफ शेखलाई मौका दिएको थियो। त्यसअघि ओपनिङ गरिरहेका सुनील धमला टोलीमा अटेका थिएनन्। पछिल्लो २ खेलमा ३ रन मात्र बनाउन सकेका कप्तान ज्ञानेन्द्र र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे। ११औं ओभरमा आसिफ झटभेध सुब्रह्मण्यम्को बलमा एलबिडब्लु आउट भए। आसिफले २३ बलमा १ चौकासहित ८ रन बनाए। त्यसपछि ज्ञानेन्द्रले दिलीप नाथसँग दोस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे। २०औं ओभरमा निजाकतको बलमा एलबिडब्लु आउट भएका दिलीपले १२ रन जोडे। लगत्तै ८२ बलमा ११ चौकासहित ७० रन जोडेका ज्ञानेन्द्र पनि सुब्रह्मण्यम्को बलमा बोल्ड भएपछि नेपालको इनिङ लडखडाएको थियो।

    तर, युवा खेलाडी दीपेन्द्रसिंह ऐरी र अनुभवी शरद भेषावकरले नेपालका लागि विजयी इनिङ खेले। दुईले पाँचौं विकेटका लागि अविजित १ सय ५ रनको साझेदारी गरे। दीपेन्द्रले ८३ बलमा ५ चौका र १ छक्कासहित अविजित ६० रन बनाए भने शरदले ५१ बलमा ३ चौका र ३ छक्का हान्दै ५५ रन बनाए। प्रतियोगितामा दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो भने राष्ट्रिय टोलीबाट पाँच खेलमा उनको यो तेस्रो अर्धशतक हो। प्रतियोगितामा १ सय ३० रन जोडेका दीपेन्द्रसिंह नेपालबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। दीपेन्द्रसिंहपछि शरदले ९५ रन र ज्ञानेन्द्रले ७२ रन बनाएका छन्।

    विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा डेब्यु गरेका दीपेन्द्रसिंहले यसअघि बंगलादेशविरुद्ध ५६ र केन्याविरुद्धको दोस्रो खेलमा ६२ रन जोडेका थिए। राष्ट्रिय टोलीमा ५ खेलबाट उनले २ सय ११ रन जोडिसकेका छन्। नेपाल सम्मिलित समूह ‘बी’ बाट पाकिस्तान र आयोजक बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीबार समूहको अन्तिम खेलमा पाकिस्तान र बंगलादेशको खेल ‘टाई’ भएको छ। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो। २ सय ३४ रनको लक्ष्य पछ्याएको बंगलादेशले पनि ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन नै बनाएपछि खेल टाई भएको थियो। समान ५ अंक भए पनि पाकिस्तान रनरेटका आधारमा शीर्ष टोलीको हैसियत लिई सेमिफाइनल प्रवेश गरेको छ भने बंगलादेश उपविजेता बनेको छ।

    पाकिस्तानले समूह ‘ए’ को उपविजेता अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने बंगलादेशले श्रीलंकाविरुद्ध खेल्नेछ। बिहीबारै भएको समूह ‘ए’ मा श्रीलंकाले मलेसियालाई २ सय ५ रनले हरायो भने अफगानिस्तानले अघिल्लो संस्करणको विजेता भारतलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। चित्तागोङस्थित एमए अजिज रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो। श्रीलंकाका सदिरा समरविक्रमाले १ सय २१ रन बनाए भने चरिथ अशलंकाले ७८ रन बनाए। ३ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले २७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो। श्रीलंकाका अमिला एपोन्सोले ५ विकेट लिए भने वानिदु हसरंगाले ३ विकेट लिए।

    चित्तगोङकै जहुर अहमेद चौधरी रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। २ सय ४३ रनको लक्ष्य अफगानिस्तानले २१ बलअघि ८ विकेट गुमाएर पूरा गरेको थियो। पराजयसँगै अघिल्लो संस्करणको भारत समूहचरणबाटै बाहिरियो। सिंगापुरमा भएको पहिलो संस्करणमा भारतले पाकिस्तानलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    ओसिलो मैदानका कारण टस ढिला हुने

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    टी–२० लिग आगामी असोज ८ गतेदेखि त्रिवि मैदानमा

    नेपाल युगाण्डा विरुद्ध दोस्रो टी–२० खेल आज खेल्दै

    नेपालले युगान्डासँग ५ ओटा महिला टी–२० सिरिज खेल्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

    काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑