सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अनुसा थापा
भक्तपुर
काठमाडौँ । कालो प्लेटमा, रातो प्लेटमा दर्ता भएका दुई वा चार पाङग्रे गाडीहरु, ढुवानी गाडीहरु, सरकारी वा संस्थानका गाडीहरु कोरोना उत्पादन गर्ने कलकारखाना बन्दैछन् । पछिल्लो समय उपत्यकामा यसरी कोरोना बढ्नुमा सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना नहुँदा भएको हो ।
सार्वजनिक सवारी साधन अन्तर्गत बस, ट्याम्पु, माइक्रोबस, आदिमा कोरोनाको मापदण्ड पालना भएको छैन् । ट्याक्सीको हकमा भने यात्रु चारजनासहित ड्राइभर एक गरि जम्मा पाँच जना बोक्ने अनुमति पाएको छ । योचाहि कोरोना नभएको अवस्थामा हो । तर, ट्याक्सीले बच्चासहित सात जनासम्म बोकिरहेका छन् ।
ट्याक्सीले यसरी सिटभन्दा बढी मान्छे राख्दा वालवालिकाको ज्यान जोखिममा परेको हो । कोरोना महामारी आएपछि पछाडि दुई जनामात्र राख्न पाइन्छ भने अगाडि चालकबाहेक अरु कोही पनि बस्न पाउदैनन् । सफा ट्याम्पुले अहिले १५ जनासम्म यात्रु हालिरहेको छन् । ट्याम्पुले उभाएरसमेत यात्रु कोच्ने गरेको छन् ।
बच्चाहरु पनि काखमा बोकिरहेका छन् । सफा ट्याम्पुको बिच भागमा प्लास्टिक लगाउने भनेपनि त्यो पनि लागु भएको छैन् । सफा ट्याम्पु चालकको छेउमा दुई जना यात्रु राखेर चलाइरहेका छन् । ग्याँस ट्याम्पुको हाल पनि उही नै छ । सफा ट्याम्पु चलाउने चालकले मास्क लगाएका छैनन् । यता, यात्रुहरु पनि लापरवाह देखिन्छन् ।
यी सवारी साधनमा स्यानिटाइजर पनि राखिएको पाइदैन् । सरकारले बनाएको मापदण्डमा जम्मा आठ जना यात्रु राख्ने भनिएको छ । तर, ट्याम्पु चालकले स्वास्थ्य मापदण्डको पुर्ण पालना नगर्दा तीबाट कोरोना फैलिरहेको छ । सरकारले माइक्रोबसमा १३ जना यात्रु र एकजना चालकसहित चलाउने अनुमति दिएको छ ।
तर, माइक्रोबसमा यातायात व्यवसायीहरुले नक्कली सिट हालेर २५ जनासम्म यात्रु बोकिरहेका छन् । कोरोना काल आएपछि सरकारले एउटा सिटमा एक जना मात्र यात्रु राख्न, मास्क र स्यानिटाइजरको अनिवार्य पालना गर्न भनेको छ । मास्क नलगाई कुनै यात्रु आयो भने १० रुपैया लिएर मास्क दिएर मात्र ाडीमा चढाउन भनिएको छ ।
गाडीमा चढ्ने यात्रुको तापक्रम थर्मल गनले नापेर मात्र यात्रा गराउनु भनेर उल्लेख गरिएको छ । एक टिप यात्रा गराउने बित्तिकै गाडीलाई डिस्इन्फेन्ट गराउन निर्देशनसमेत दिएको हो
सहचालक चालकले अनिवार्य मुखमा मास्क र हातमा पञ्जा लगाउनुपर्ने नियम बनाइएको छ । तर, माइक्रोबस चलाउने चालक र सहचालकको मुखमा मास्क पनि छैन्, ढोकामा स्यानिटाइजर पनि छैन् । यता, सिटभन्दा बढी यात्रु कोचेका छन् । माइक्रोबसहरुले पनि कोरोना फैलाउनलाई अह्म भुमिका निभाएका छन् । कोभिड रोकथामको लागि बनाइएको मापदण्ड पालना भएका छैनन् ।
बसहरुले २४ देखि २८ सिटसम्म यात्रु बोक्ने अनुमति पाएको छ । एकटिपमा जम्मा यति यात्रुलाई यात्रा गराउन पाउने भनेर बिलबुकमा लेखिएको हुन्छ । कोरोना आएपछि सरकारले एउटा सिटमा एक जना मात्र यात्रु राख्न पाउने भनेको छ । दुई जना पनि अनुमति दिएको छैन् । तर, बसहरुले सिट क्षमताभन्दा तेब्बर यात्रु राखेर हिडिरहेको छ ।
सिट क्षमताभन्दा बढी यात्रु कोच्ने सवारी साधनलाई ट्राफिक महाशाखाले अनुगमन गरेर बारबाह िगरेको छैन् । सार्वजनिक बसहरुमा थर्मल गन, स्यानिटाइजर छैन् भने गाडी पनि सफा गरिएको छैन् । सहचालक, चालकसहित यात्रुको मुखमा मास्क छैन् । पञ्जा लगाउन भनेपनि अटेरी गरिरहेका छन् ।
सार्वजनिक यातायातले लापरबाही देखाउदा राजधानीमा भुसमा आगो सल्किएझै कोरोना फैलिरहेको छ । लामो रोडमा चल्ने सवारीमा पनि उही नै हाल छ । सामान ओसारपसार गर्ने ढुवानी गाडीहरुले पनि कोरोना फैलाइरहेका छन् । सामान लोड गर्नेदेखि लिएर गाडी चलाउनेले कोभिडलाई सामान्य तवरले हेरेका छन् ।
उपत्यकाबाट बाहिर जान लामो रोडको गाडीहरुको टिकट काउण्टरमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन् । यता, सरकारले सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउने भनेर निर्णय गरेको छैन् । अहिले पनि ट्राफिक जाम अस्तव्यस्त छ । सीसीएमसीसीको बैठकले कि जोरबिजोर प्रणाल िलागु गर्नुपप्यो कि गाडीहरु चल्नमा प्रतिबन्ध लगाउनुपप्यो ।
तर, अहिलेसम्म सरकारले सार्वजनिक सवारी साधनबाट भइरहेको कोरोना फैलाउने काम नियन्त्रण गर्ने योजना बनाएको छ । जसको परिणाम स्वरुप कोरोनाको विकराल रुप देखापरेको छ । यता, निजी प्लेटमा दर्ता भएर चलेका गाडीहरुले पनि सरकारले बनाएको मापदण्ड पालना गरेको छैन् ।
निजी प्लेटको हकमा पनि ट्याक्सीको जस्तै नियम लागु हुन्छ । तर, अनुगमनमा सुस्तताका कारण निजी प्लेटले जथाभावी र मनलाग्दी यात्रु बोकिरहेको छ । दुई पाङग्रेको हकमा पनि एकजना यात्रु बाहेक बोक्न नपाउने नियम छ । तर, बच्चसहित चारजना बोकिरहेका छन् । दुई पाङग्रे सवारीमा बस्नेले मास्क नलगाउदा र सवारी चलाउने टासिदा चालक जोखिममा परेको छन् ।
सरकारी वा संस्थानको गाडी चलाउने चालक र हाकिमले मुखमा मास्क लगाएका छैनन् । कोरोना न्युनिकरणको लागि बनाएको स्वास्थ्य मापदण्ड यिनीहरुद्धारा पालना भएको छैन् । यिनीहरुको लापरबाहीले पुरै आफन्त र समाजमा कोरोना फैलिने भयो । पुराना र नयाँ गाडी बिक्रीवितरण गर्नेले पनि सरकारले बनाएको मापदण्ड पालना गरेको छैनन् ।
त्यहाबाट पनि कोरोना फैलिरहेको छ । अधिकांश भीडभाड हुने ठाँउ भनेको वित्तिय संस्था र सरकारी कार्यालय हो । यी कार्यालयहरुमा दैनिक हजारौको संख्यामा भीडभाड हुन्छ । यस्ता कार्यालयहरु हालका लागि बन्द गर्दा नै उचित हुने देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भडिभाड हुने ठाँउ बन्द गर्नुस् ।
कोरोना फैलिनबाट आफु पनि जोगाऊ, अरुलाई पनि जोगाऔ भनिरहदा पनि लापरबाही भइरहेको देखिन्छ । विपक्ष एमालेका कार्यकर्ताहरुले पनि कोरोना नियन्त्रण गर्न चाँडो लकडाउन गर्नुपर्छ भनेर सरकारलाई भन्दा पनि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सुनुवाइ गरेको छैनन् ।
सीसीएमसीसीले पनि कोरोना नियन्त्रणलाई खासै चासो दिएको छैन् । निर्णय गर्न नसक्ने यस्ता निकायहरु खारेज गरिदिदाँ पनि जनतालाई केही फरक पर्दैन् । लकडाउन गर्नुपर्छ भनेर जनता बचाउन नसक्नेलाई जनताले तिरेको करबा तलब किन खुवाउने ? कि त सीसीएमसीसी नै आर्थिक प्रलोभनमा परेको हुनुपप्यो ?
उपत्यका तीन जिल्लाको सिडियोहरु मुर्ति जसरी बसेका छन् । सर्वसाधारणहरु मास्क नलगाइ हिड्दा पनि एउटा सानो चेतनात्मक कार्यक्रम ल्याउन सक्दैनन् । उपत्यकामा बस्ने नागरिकहरु तीन जिल्लाको सिडियोहरुले कोरोना नियन्त्रण गर्न नसकेकाले आक्रोशित बनेका छन् ।
कोरोना नियन्त्रणमा ढिलासुस्ती गर्नु भनेको जनता मार्नु हो । सिडियोहरुको कमीकमजोरीको कारा हामी मर्ने हो कि भन्ने चिन्ता जनतामा छ । सरकारले ३६ बुँदे निर्णय गरेको छ । तर, त्यसको कार्यान्यवनमा कसैले पहल गरेको छैन् । सिडियोले गरेको १८ बुँदे निर्णय कार्यान्वयन भयो भएन् यस बारे उनीहरुलाई नै ज्ञान छैन् ।
माघ लागेसंगै शालीनदीमा स्वास्थानी मेला लागिरहेको छ । काभ्रेको पनौतीमा १२ वर्षे मेला लागेको छ । पशुपतिमा दर्शन गर्न आउनेको भीड उत्तिकै छ । कोरोना फैलाउन यसले पनि महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । कोरोनाले भब्य रुप लिइसकेको छ । जनताले तिरेको करबाट उपत्यका तिन जिल्लाको सिडियोले तलब खाइरहेका छन् ।
जनताले तिरेकै करबाट सेवासुविधा लिइरहेका छन् । तर, जनता र राष्ट्रको हितमा केही काम गर्न सकेको छैनन् । केही काम गर्न नसक्ने असक्षम सिडियोलाई यस्तो महत्वपुर्ण पदमा बस्न नैतिकताले दिन्छ ? गृह मन्त्रालयले काम गर्न नसक्ने असक्षम सिडियोलााई तुरुन्त सरुवा गर्नुपर्छ ।
दिन कटानी र माना पचानी काम उपत्यका सिडियोले गरिरहेका छन् । अहिले पनि भीडभाड उस्तै छ । उपत्यका कोरोनाको हटस्पट बनिसकेको छ भने दैनिक हजारौको संख्यामा उपत्यकामा कोरोना संक्रमित भेटिरहेका छन् । होटल, रेस्टुरा, भट्टी र पसलहरु अहिले पनि राति ११ बजेसम्म सञ्चालन भइरहेको छन् ।
सरकारले पार्टी प्यालेसमा ५० जना र व्यापारिक मलमा २५ जना जाने दिने भनेको छ । त्यो निर्णय पुर्ण गलत छ । व्यापारिक मल र पार्टी प्यालेस् बन्द गर्नुपर्छ । हाम्रो बाँच्ने अधिकार सविधानमा लेखेको छ कि छैन् ? जनताले सरकारलाई गरेको प्रश्न हो यो ? उपत्यका तिन जिल्लाको सिडियो अझैपनि कानमा तेल हालेर बसेको छन् ।
उपत्यकाभित्र कोरोनाले विकराल रुप लिएर अस्पताल भरिसक्यो । सर्वसाधारणहरु अस्पताल को बेडमा छटपटिरहेका छन् । जनताको जीउधनको सुरक्षा गर्छु भनेर पदमा बस्ने अनि जनता मार्ने ? उपत्यकाले कस्तो सिडियो पाएछ । सिडियो र व्यापारीको मिलोमतोमा लकडाउन नगर्ने अनि कोरोना फैलाएर जनता मार्ने ?
सिडियोले उचित कदम चाल्न नसक्दा सर्वसाधारण निराश बनेको छन् । उपत्यकाका तिन जिल्लाको सिडियो कि लकडाउन गरेर जनता बचाउनुपप्यो कि सिडियो पदबाट राजीनामा दिनुपप्यो । गृह मन्त्रालयले पनि यस्ता सिडियो हटाएर काम गर्न सक्ने सिडियो उपत्यकामा ल्याउनुपप्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा