सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१८ चैत ,काठमाडौँ। स्थायी निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा आजसम्म एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
सोअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ । रासस
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा