सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका ६जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सूचना टाँस गरेर अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको छ ।
मालपोत कार्यालयका ४ जना कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र उनीहरुको परीक्षण भइरहेकाले कार्यालयको आन्तरिक कामकाज बाहेकका सबै सेवा बन्द गरिएको सो कार्यालयले जानकारी दिएको छ । सो कार्यालयको कम्प्युटरसँग सम्बन्धित कर्मचारीहरु संक्रमित भएकाले अर्को सूचना जारी नभएसम्म सेवाग्राहीको काम बन्द गरिएको हो ।
यसरी कार्यालय बन्द हुदाँ सेवा लिन आएका सेवाग्राहीहरु रित्तै फर्किएका थिए । उनीहरुले थाहा नपाएर आएको र पूरै सेवा बन्द हुँदा टाढाबाट आउन–जान समस्या भएको गुनासो गरेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ४ जनामा कोरोना पुष्टि भएको छ । मोरङमा मात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मंत्रालयले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा