सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ माघ । सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ ।
यता, अर्काे खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ ।
समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा