सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदाताको नङमा लगाउने मसी भारतबाट नआएपछि निर्वाचन आयोगले ‘मार्कर पेन’ किनेको छ । भारतबाट मसी आउने/नआउने टुंगो नभएपछि आयोगले स्थानीय तहको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने तयारी गरेको छ ।
२०७० को संविधानसभा निर्वाचनमा नङमा लगाउने मसी भारत सरकारले दिएको थियो । यसपटक पनि आयोगले मसी उपलब्ध गराइदिन भारत सरकारसँग अनुरोध गरेको थियो । तर भारत सरकारबाट सकारात्मक जबाफ नआएपछि मार्कर पेन किनेको आयोगले जनाएको छ । ‘भारतले दिने÷नदिने केही भनेको छैन’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भने, ‘निर्वाचनको दिन नजिकिँदै गएकाले आयोगले तयारी अवस्थामा रहन मार्कर पेन किनेको हो ।’
भारतबाट मसी प्राप्त भए त्यसलाई आगामी निर्वाचनमा प्रयोगमा ल्याउन सकिने दाहालले बताए । ‘मसीभन्दा मार्कर प्रयोग गर्न सहज हुन्छ होला भन्ने हाम्रो विश्वास हो’, दाहालले भने, ‘मसी आयो भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।’ आयोगले नउड्ने मसी भएको मार्कर किनेको जनाएको छ ।
आयोगका अर्का आयुक्तले निर्वाचन सुरक्षाका लागि भारत सरकारसँग केही सवारीसाधन माग भएकोमा अहिलेसम्म कुनै खबर नदिएको बताए । ‘हामीले भारत सरकारबाट सवारीसाधन सहयोगका लागि माग गरेका थियौं तर अझै आएका छैनन्’, ती आयुक्तले भने, ‘सवारीसाधन नआउँदैमा चुनावमा भने असर पर्दैन।’
आयोगले मिनीबस, मोटरसाइकलसमेत गरी ३८ वटा सवारीसाधन भारतसँग माग गरेको थियो । उत्तरी छिमेकी चीनबाट भने निर्वाचन सामग्री प्राप्त भएको आयोगले जनाएको छ । कैंची, रातो र कालो कलम, स्ट्याप्लर, पन्चिङ मेसिनलगायत १२ प्रकारका सामग्री चीन सरकारबाट आएको जानकारी आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दिए ।
आयोगले निर्वाचनमा प्रयोग हुने ६७ सामग्रीको जोहो गरिरहेको छ । सियो, धागोलगायत १२ वटा सामग्री जिल्लाबाट किन्न भनिएको र अन्य सामग्री ठेक्कापट्टा र दातृ संघसंस्थाको सहयोगमा जुटाउने काम आयोगले गरिरहेको छ । अपुग मतपेटिका चीनबाट र मतदाता परिचयपत्र आयोग परिसरमै छाप्ने काम भइरहेको छ । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा