सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ४८७ जनामा गरिएको पिसिआर परिक्षणबाट ४ हजार २०४ जनामा र ७ हजार ८७ जनामा गरीएको एन्टिजेन परिक्षणबाट ८८३ जना गरी ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसअबधिमा थप ३०६ जनाले कोरोनालाई जितेका छन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेको छ । जुन ९६.५ प्रतिशत हो ।
२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मु्त्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।
नेपालभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये ११५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ३ लाख २० हजार २६७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा