• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / राजनीती

    स्थानीय तहको निर्वाचनमा लड्ने बाबुरामको चाहनामा प्रचण्डको अवरोध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १७, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चैत्र १७ ,काठमाडौ : वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा सहभागी हुन सात वटा समिति बनाएको नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अवरोध खडा गरिदिएको छ। सो पार्टीको संघीय परिषदको मंगलबार र बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा अलग पहिचानको चुनाव चिन्ह नदिएको प्रति भट्टराई सरकार प्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए। स्थानीय तह निर्वाचन सम्बन्धी कानुनमा हाल व्यवस्थापिका संसदभन्दा बाहिर रहेका दलहरुलाई दलगत पहिचानसहितको निर्वाचन चिन्ह नदिने व्यवस्थाका कारण आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन चाहेको नयाँ शक्ति नेपाललाई अवरोध भएको हो।

    ‘चुनाव चिन्ह विना निर्वाचन हुन सक्दैन । बहुदलीय व्यवस्था मास्न पाइँदैन। आँखा चिन्ह नपाएसम्म चुनाव हुदैन र हामी हुन पनि दिदैनौं। हामीले आँखा चुनाव चिन्ह नै पाउनुपर्छ। त्यसमा छलछाम गर्न पाइदैन,’ भट्टराईले भने, ‘बहुदलीय लोकतन्त्रको मर्म र नेपालको संविधान विपरीत भएकोले हामीलाई मान्य छैन, यस्तो निर्दलीय कानूनमा हामीले तुरुन्त संशोधनको माग छौं।’ रहस्यमय र षडयन्त्रमुलक ढंगले राखिएको सो व्यवस्था आपत्तिजनक रहेको पनि भट्टराईले बताए। संसद भन्दा बाहिर ८० वटा दल रहेको र ५६ वटा दलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टीगत चुनाव चिन्ह नपाउने व्यवस्था हटाउन माग गर्न लागिएको पनि भट्टराईले जानकारी दिए। आफ्नो पार्टी ७५ जिल्लामा दर्ता रहेको र सात सय ४४ स्थानीय तहमा उम्मेदवारी दिने हैसियतमा रहेको पनि भट्टराईले बताए। ‘तर हामी सात सय ४४ नै स्थानमा जित्ने दावी गर्दैनौ,अधिक्तम स्थानमा जित्छौ,’भट्टराईले भने,‘निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय समितिलाई दिइएको छ ।

    कतिपय ठाउँमा हामी तालमेल पनि गर्छौं।’ आगामी माघ ७ गते भित्र स्थानीय,प्रदेश र संघीय निर्वाचन हुनै पर्ने संम्बैधानिक व्यवस्था अनुसार आफूहरु निर्वाचनका लागि तयार रहेको पनि भट्टराईले बताए। ‘निर्वाचनका लागि हामी तयार भएर बस्नुपर्छ। त्यसैले हामीले निर्वाचन केन्द्रित कमिटीहरु बनाएका छौ,’भट्टराईले भने,‘तर संविधान संशोधनविना निर्वाचन हुँदैन।’ नयाँ शक्तिले भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति, देवेन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय वक्ताको टोली, रामचन्द्र झा नेतृत्वको राजनीतिक सम्वाद समिति,केशव दाहाल नेतृत्वमा घोषणापत्र मस्यौदा समिति,गंगा श्रेष्ठ नेतृत्वमा स्वंयमसेवक परिचालन समिति,पासाङ शेर्पा नेतृत्वमा आर्थिक व्यवस्थापन समिति बनाएको छ।

    निर्वाचनको वातावरण बनाउन संविधान संशोधन मार्फत थारु,मधेशी,आदिवासी,जनजातिका माग सम्बोधन गरिनु पर्ने, बिशेष,संरक्षित र स्वायत्त क्षेत्रसहितको राज्यको अग्रगामी पुनसंरचना गर्नु पर्ने,प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार गठन गर्नु पर्ने,स्वच्छ र प्रभावकारी निर्वाचनका लागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने बिधिको विकास गरिनु पर्ने, केन्द्र, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकै पटक तीन वटै निर्वाचन गरिनु पर्ने, स्थायित्व,विकास र समृद्धिका लागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिकासहितको निर्वाचन व्यवस्था गरिनु पर्ने शर्त सो पार्टीले अगाडि सारेको छ । आफनो पार्टीबाट बाहिरिने भन्दा भित्रिने संख्या ठूलो रहेको र त्यसलाई सञ्चारमाध्यमले स्थान नदिएको गुनासो पनि भट्टराईले गरे। आफनो पार्टीमा ध्रुवीकरण हुने क्रम जारी रहेको पनि उनले बताए। ‘बिचार मिल्नेहरु ढिलो छिटो एक ठाउँमा आउँछन्। हामी सहकार्य गर्न पनि तयार छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

    रेनुले लिइन ८०५९ को अग्रता, पछि परे विजय

    ४० हजार मत नजिक बालेन, स्थापितभन्दा ४९५ मतले सिर्जना दोस्रो

    धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला

    धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

    धरान उप–महानगरमा स्वतन्त्र उम्मेदवार हर्क साङपाङको १४७ मतको अग्रता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑