सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ। मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार वेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो ।
अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा