• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

      स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

      अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

      बलात्कारमा हदम्याद तोकिनुहुन्न : प्रदिप पौडेल

      १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

      नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    होमपेज / पत्रपत्रिका

    गाउँ तथा टोलमा मात्रै स्मार्ट लकडाउन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ पौष २७, मंगलबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ । कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का प्रवक्ता एवं सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनमा समस्या देखिएका निश्चित क्षेत्रलाई मात्र विशेष निगरानी गरिने भएकाले पहिलेको जस्तो पूरै जिल्लाभरि लकडाउन नहुने र वडास्तरको गाउँ तथा टोलमा मात्र पनि लकडाउन गर्न सकिनेछ ।

    प्रवक्ता नेपालले भन्नुभयो, “लकडाउन भन्ने बित्तिकै पूरै जिल्ला वा देशभरि हुने भन्ने होइन; अब जहाँ समस्या छ, त्यहीँ मात्र लकडाउन हुन्छ । बाँकी क्षेत्रमा दैनिक जनजीवन सामान्य अवस्थामा सञ्चालन हुनेछन् । त्यसैले यसलाई स्मार्ट लकडाउन भनिएको हो ।”
    सीसीएमसीसीको आइतबार बसेको बैठकले यस्तो अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गर्न सरकारलाई सिफारिस गरेपछि अब कोभिडको जोखिमको अवस्था हेरेर जिल्ला, पालिका तथा वडा तहमा मात्र पनि स्मार्ट लकडाउन गर्न सकिने छ ।

    कोभिडको जोखिम नियन्त्रण, नियमन र निषेधका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ लाई कार्यान्वयन गरी समस्या भएको क्षेत्रमा मात्र लकडाउन गरेर बाँकी भागमा जनजीवन सहज रूपमा सञ्चालन गर्ने नीति सरकारले लिएको छ । सो कार्यविधि र एकीकृत कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको कार्ययोजना–२०७८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा सरोकारवाला सङ्घ/संस्थाका प्रतिनिधि तथा विज्ञ चिकित्सकहरूले विश्वका अरू मुलुकले अवलम्बन गरेको स्मार्ट लकडाउन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
    प्रधानमन्त्री देउवाले स्मार्ट लकडाउन लगाउँदा जहाँ समस्या छ, त्यहाँ जनशक्ति तथा स्रोत परिचालन गर्न सहज हुने, उपचार प्रभावकारी हुने, जोखिमलाई सहजै नियन्त्रणमा लिन सकिने, जोखिमबाहिर रहेका क्षेत्रका बासिन्दाले थप असहजता भोग्नु नपर्ने भएकाले स्मार्ट लकडाउनको विधि अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

    उपत्यकामा तयारी
    यसैबीच कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको जानकारी प्रजिअ रिजालले दिनुभयो ।

    त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीसँगै चरणबद्ध छलफल भइरहेको बताउनुहुन्छ । तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भीडभाड नियन्त्रण र सचेतनासँगै खोपमा जोड दिइएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ३२०५ मतान्तरले रेनुको अग्रता कायम

    संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑