सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन ।
हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा