सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ । मनमोहन मेमोरीयल अस्पताल स्वयम्भु तथा ग्रामिण यातायात सहकारी संस्थाको आयोजनामा निलकण्ठ-३, धादिंङबेसीमा बृहत नि-शुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।
समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदको नेतृत्वमा भएको उक्त शिबिरमा डा. निरज मान श्रेष्ठ (हाड जोर्नी तथा नशा), डा. राजेन्द्र ढुंगाना (सामान्य चिकित्सा ), डा. चिरन्जिबी थापा (बाल रोग ),बसन्त अर्याल ,सबिन मगराती , सुमन घले, ज्ञानु स्यांगबो, मौसमी लम्साल, धिरज बुर्लाकोटी, भगवती जमकट्टेल, प्रकाश गुरुङ, तारा लामिछाने र सन्जिब गिरि लगायतको चिकित्सा टोलिले १२० जनालाई नि:शुल्क स्वास्थ्य सेवाका साथै औषधी वितरण गरिएको जानकारी अस्पतालका जनसम्पर्क अधिकृत सन्जिब कंडेलले जानकारी दिनुभयो ।
शिविरमा ७२ बर्सिया वृद्धाले आफ्नो सामान्य स्वास्थ्य परिक्षण, रक्तचाप, र सुगरको मात्रा जाचेर औषधि समेत पाउदा खुशी व्यक्त गर्दै दङ्ग परेको बताइन साथै यस प्रकारको सेवामा निरन्तरता दिनुपर्ने बताइरहदा डा. सैयदले थप उपचारका लागि आफ्नो अस्पतालले असहाय र निमुखाहरुका सुविधाको लागि सदैब प्रार्थमिकता दिने गरेको बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा