सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कर्पोरेट क्लब द्धारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवाहरु को वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।
काठमाडौंमा पौष २३ गते आयोजना भएको कार्यक्रम बीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको हो ।
उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । साथै, उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकमा कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको बताएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा