सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १७ ,काठमाडौ – खाडी मुलुकमा गएका नेपाली कामदारहरुको ठगीमा श्रम मन्त्रालय आफैं संलग्न रहेको पाइएको छ । खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न गएको संसदीय टोलीले नेपाली कामदार सरकारबाटै ठगिएको पाइएको जनाएको हो । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभू साह नेतृत्वको टोलीले साउदी अरव, कतार, कुवेत र यूएईमा कार्यरत नेपालीहरुको अवस्था स्थलगत रुपमा बुझ्दा सरकार आफैं ठगीमा संलग्न रहेको पाइएको जनाएको हो ।
समितिको विहिबार बसेको बैठकमा सभापति साहले फ्रि भिसा र टिकट दिएर नेपाली कामदारलाई खाडी मुलुक पठाउने श्रम मन्त्रालय आफैले श्रमिकमाथि ठगी गर्नु आपत्तिजनक भएको भन्दै दोषीमाथि कडा कार्वाही गर्नुपर्ने उल्लेख गरे । उनले फ्रि भिसा र फ्रि टिकटको नाममा खाडी मुलुकमा गएका सबै कामदारहरुबाट श्रम मन्त्रालयकै संरक्षणमा ७० हजार देखि २ लाख रुपैयाँसम्म रकम असुली गरेको पीडितहरु आफैंले जानकारी दिएको पनि स्पष्ट पारे । संसदीय टोलीले यसअघि नै नेपाली कामदार दोहोरो श्रम सम्झौंताको मारमा परेको, सरकारकै सेटिङमा नेपाली महिलाहरु बेचिन बाध्य भएको तथ्यांक पनि पेश गरेको थियो । समितिले खाडी मुलुकमा नेपाली कामदारलाई सरकार आफैले पीडा दिएको विवरणसहितको प्रतिवेदन तयार पारी सो सम्बन्धमा सरकारलाई आवश्यक निर्देशन दिने तयारी पनि गरेको छ । संसदीय समितिले विदेशमा गएका नेपाली कामदारहरुको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउँदै आएको छ । रातो पाटीबाट
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा