सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १७ – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा हङकङविरुद्ध नेपालले २ सय १५ रनको लक्ष्य पछ्याइरहेको छ । नेपालका शरद भेषावकर ४८ बलमा ५३ रन बनाएर खेलिरहेका छन् । उनले ३ चाैका र ३ छक्का हानेका छन् । दिपेन्द्र सिंह ऐरीले ७३ बलमा ४६ रन बनाएका छन् । ४२ अोभरमा तीन विकेट जाँदा नेपालले २०५ रन बनाएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ११ चौकाको मद्धतमा ८२ बलमा ७० रन बनाएर आउट भए । आशिफ शेख २३ बलमा ८ रन बनाएर आउट भए । यस्तै दिलिप नाथ २९ बलमा १२ रन बनाएर आउट भए ।
यसअघि बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट जाँदा २ सय १४ रन बनायो । नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए । हङकङका लागि अंशुमन राथले ६० बलमा ५१, क्यामरुन म्याकुलसेनले ७३ बलमा ४३ तथा वाक्कस खानले ६५ बलमा ३० रन बनाए । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।
एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल ७ विकेटले विजयी भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा