सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।
यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेट को प्रयोग गर्न सक्नेछन । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात ोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले Payment Card Industry Data Security Standard (PCI DSS) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो सुरक्षित ब्याक–इन्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले यूनिफाइड क्यूआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले अलिपे, नेपाल–पे, यूनियन पे भिस जस्ता विभिन्न डिजिटल प्लेटफमहरूमार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।
मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड प्वाइन्टहरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड हरू पछि मोको को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्न समेत प्रयोग गर्न सकिन्छ । मोको एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा