सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम चितवनमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले एक समारोहका वीच गर्नुभएको थियो । उदघाटन मन्तब्यमा उपमेयर शाहले हामीले स्थानीय तह शुरु गर्दा संस्थापकका रुपमा शुन्यबाट शुरु गरेको र धेरै काम गर्न सफल भएको बताउदै अबका जनप्रतिनीधिहरुलाई काम गर्न धेरै सजिलो हुने बताउनु भएको थियो ।कार्यक्रमका लागी भरतपुर छनौट गरेकामा आयोजकलाई धन्यवाद दिदै कार्यक्रम र बसाई सुखद रहोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
आँखा,नाक कान,घाँटी तथा मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदेश्यका बारेमा डा. श्रीकान्त अग्रवालले प्रष्टयाउनु भएको थियो ।भरतपुर अस्पतालका प्रमुख प्रा.डा. कृष्ण पौडेलले सरकारका प्राय कार्यक्रम आमा र बच्चामा सिमित रहेका र यस्ता रोग,जटिला तथा आर्थिक हानी बढी हुने बिशेषज्ञ सेवा हरेक स्वास्थयसंस्थामा पुरयाउन शुभकामना ब्यक्त गनु भयो । निर्देशकहरुको तर्फबाट सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले ३ तहकै तथा सवै प्रदेशलाई संघीयता लागु भएपछि भेटाउने र एकअर्काका योजना तथा कार्यक्रमका बारेमा छलफल गर्ने मौका जुटाईदिएको धन्यवाद दिदै नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सुचक सुधार्न डा. बुढाथोकी जस्ता युवाले नेतृत्व लिन आग्रह गर्नुभयो ।
समापन कार्यक्रमका अतिथी उपचारात्मक सेवा महाशखाका निर्देशक पवनजंग रायमाझीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र हामी सवै मिलेर यस्को विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो ।सहभागीका तर्फवाट लुम्बिनी प्रदेशको दाङ जिल्ला स्वास्थ्य प्रमुख अंगत शाहीले निरन्तर केन्द्रबाट फोन वा पत्रबाट संझाईरहनपर्ने र यस्ता कार्यक्रमहरु बाख्लो गराउन अनुरोधका साथ मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमका अध्यक्ष डा. बुढाथोकीले बिगत २ बर्षदेखी स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा पार्न अनुरोध गर्नु भएको थियो । आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुरयाउन चुनौती भएपनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असंभव केहि नभएको बताउनुभयो ।
डा. बुढाथोकीका अनुसार अभिमुखीकरण कार्यक्रममा आँखा स्वास्थ्य तर्फ प्रा. डा. सविना श्रेष्ठ र डा.सुमित पाण्डे,ईएनटितर्फ डा.रमेश भण्डारी र डा. बिजय खरेल र मुख स्वास्थ्य तर्फको प्रशिक्षण स्वयं डा. प्रकाश बुढाथोकी,डा. अजय न्यौपाने र डा. प्रकाश पाण्डेले सहजीकरण गर्नु भएको थियो । स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता, कार्यान्वयन,योजनाकारलाई संबेदनशील बनाऊन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक,प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक,सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख, चितवन, मकवानपुर,नवलपुर,दाँङ∙,मोरङ, कैलालीका स्वास्थ्य प्रमुख, भरतपुर, बिराटनगर, जनकपुर, धनगढी र घोराही महानगर तथा उपमहानगरका स्वास्थ्य महाशाखा र शाखा प्रमुखहरु २९ जनाको सहभागीता रहेको थियो ।समापन कार्यक्रममा भरतपुर अस्पतालको मुखपत्र — मासिक बुलेटिन बिमोचन पनि उपस्थित अतिथीहरुद्धारा गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा