सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १७, नेपाल–भारत सीमाको दशगजाबाट करिब ८० मिटर उत्तर नेपाली भूमिमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध प्रयास गरेको छ । स्थानीयले त्यसको प्रतिवाद गरेपछि संयुक्त नापी टोपी नआउन्जेलसम्मका लागि तारबार नहटाउने सहमति भएको छ । भारतीय जंगलबाट आउने हात्तीलगायत जंगली जनावर रोक्नका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको दक्षिणी सीमामा विद्युतीय तारबार लगाइएको थियो । त्यसमा एसएसबीले अवरोध गर्न खोजेको हो । सीमा स्तम्भ नम्बर ८६ र ८७ को बीचमा रहेको नेपाली भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयलाई रोक्ने प्रयास गरेको थियो ।
काम रोक्न एसएसबीका जवान हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको स्थानीय विष्णु रिजालले बताए । घटनालगत्तै राजापुरस्थित सशस्त्र प्रहरीको टोली पुगेको थियो । सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म नेपाली भूभागमा तारबार लगाउन दिने सहमति भएको जनाए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमि क्षेत्रमा तारबार लगाउन थालिएको छ । करिब ६० लाखको लागतमा विद्युतीय तारबार लगाउने काम भइरहेको हो । बर्सेनि यस क्षेत्रमा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु संरक्षण केन्द्रबाट हात्ती लगायत जनावर नेपाल छिरेर धनजनको ठूलो क्षति पुर्याउँदै आएका छन् । दुई दिनअघि एसएसबीले मधुवनस्थित ७५ र ७६ नम्बर सीमा स्तम्भ नजिक कुलो बनाउँदा स्थानीयले विरोध गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा