सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १७ – सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस एट र एट प्लस सार्वजनिक गरेको छ । यी दुई फोनको स्क्रिन साइज पछिल्लो वर्ष सार्वजनिक गरिएको सामसङ एससेभेन र एससेभेन एज जत्तिकै छ । नोट सेभेनमा आगो लागेपछि सामसङले त्यसलाई बजारबाट हटाएको थियो । यसका साथै, सामसङमाथि भ्रष्टाचारको आरोपपछि कम्पनीको यो सबैभन्दा ठूलो लञ्च हो ।
सामसङका यी नयाँ फोन आउँदो अप्रिल २१ देखि बजारमा बिक्रिको लागि उपलब्ध हुने बताइएको छ ।
सामसङ एस ८ को मूल्य ७ सय ५० अमेरिकी डलर रहेको छ । एस ८ प्लसको मूल्य ८ सय ५० अमेरिकी डलर रहेको छ ।
के छ विशेषता
सामसङ एस ८ मा ५.८ इन्चको क्विएजडी सुपर एमिलेड डेस्प्ले रहेको छ । एस ८ पल्समा ६.२ डेस्प्ले रहेको छ । दुवै फोनको रिजोलुस १४४०. २९६० फिक्सेल रहेको छ । कम्पनीले यसमा डिप्प्लेको नाम इनफिनिटी नाम दिएको छ ।
दुबै फोनको पछाडी १२ मेगाफिक्सेलको क्यामरा रहेको छ भने फ्रन्ट क्यामरा ८ मेगाफिक्सेलको रहेको छ । दुबै स्मार्टफोनमा क्वालकमको पछिल्लो स्पेनड्रैगेन ८३५ प्रोसेसर लागेको छ । ग्यालेक्सी एस ८ र एस ८ प्लस अक्टा कोर १० एनएम प्रोसेसर रहेको छ । जसमा चार कोर २.३ जिएजजेट र चार कोर २.७ जिएजजेट बाट लक गरिएको छ ।
दुबै स्मार्टफोनमा ४ जिबीको र्याम छ । इन्टरनल मेमोरोरी ६४ जिबी तथा यसमा २ सय ५६ जिबीसम्मको माइक्रोएसडी कार्ड लगाउन सकिने छ । दुबै स्मार्टफोनमा वायरलेस र फस्ट चार्जिङ सर्पोट रहेको छ । ३६० को गियर कनेक्ट रहेको छ । यो डिभाइसको मद्दतले ४ पे रिजोलुसनबाट ३६० भिडियो बनाउन सकिन्छ भने १५ मेगापिक्सेल फोटो खिच्न सकिन्छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा