सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १७,काठमाडौं – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । नेपालले २५ ओभरको खेल सकिँदासम्म तीन विकेट लिएको छ । हङकङले २५ आभेरसम्म एक सय ८ रन बनायो । नेपालका ज्ञानेन्द्र मल्लले दुई तथा सन्दिप लामिछानेले एक विकेट लिएका हुन् । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो ।
नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा