सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१६ चैत, ललितपुर ।नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले अवको १३ वर्ष पछि राजनीति छोड्ने बताएका छन् ।
ललितपुरमा भएका राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले १३ वर्षपछि आफूले सकृय राजनीति नगर्ने बताए ।
अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने उनको भनाई थियो ।
‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न सक्दैन,’ उनले भने, ‘नयाँ पुस्ताले पक्कै पनि नेतृत्व लिन्छ ।’
थापाले आफू पनि अबको १३ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए । ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु,’ उनले भने, ‘त्यसपछि मैले बिश्राम लिने हो ।’
दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजना गरेको हो । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा