सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र १६- एनआईसी एशिया बैंक नेपाल र नेपाली समाज प्रती आफ्नो दायित्व महसुस गर्दै नेपाल बाल संगठनमामा रहेका आमा बाबु बिहिन साना साना नानीहरु लाई उनिहरुको खान, बस्न र पढ्न को लागि लाग्ने आर्थिक भार को सानो हिस्सा भएपनी जुटाउने अभियानमा जुटेको छ।
एनआईसी एशिया बैकले नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विगतका बर्षहरुमा खुवाउदै आएको दिउँसोको खाजा न्युट्रिसनलाई निरन्तरता दिदै आगामी एक बर्षको लागी पुन उपलब्ध गराउने भएको छ ।
यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने उदेश्यका साथ बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउदै भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता समेत जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा