सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालमा बिगत लामो समयदेखि बिदेशी औषधिहरुको तस्करि बढेको पाइएको छ । विशेष गरि किड्नी, क्यान्सर तथा अन्य घातक रोगहरुमा प्रयोग हुने महङ्गा औषधिहरु जस्तै Mycophenolate,Tacrolimus, Erythropoietin, azathioprie, Pegfilgrastim, Rituximab लगायतका अन्य धेरै औषधिहरु औषधि तस्करहरुको आँखामा पर्न गएको पाइन्छ ।
छिमेकि देश भारतको खुल्ला सिमानाको कारण यस्तो हुन सक्ने सम्भब रहेको धेरैको गुनासो छ । भारतबाट बिभिन्न तरिकाबाट नेपाल छिराउने अनि घातक बिमारीको मजबुरिको फाइदा उठाएर राम्रो आम्दानी गर्ने गिरोह नै रहेको धेरै अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।
किन हुन्छ त तस्करी ?
आजकल प्रायः सबै जसो घातक रोगहरुको निदान नेपालमै हुन लागेको र दक्ष स्वाथ्यकर्मी नेपालमा बढ्दै गइरहेको कारण यहाँ उपचार त हुन्छ तर तिनीहरुको उपचारमा प्रयोग हुने प्रायः औषधिहरु भारत लगायत अन्य मुलुकबाट ल्याउनुपर्ने हुँदा तस्करहरुले बिना रजिस्ट्रेसनका औषधिहरु ल्याई बिरामीहरुसङ्ग सेटिन्ङ गरेर दिने गरेको पाइन्छ । जसबाट उनिहरुले बिभिन्न माध्यमबाट बिरामिको कन्ट्याकमा आफुलाइ राखि आफुले चाहे बमोजिम पैसा लिन्छ्न र अन्य रजिस्ट्रेसन भएकै औषधिहरु पनि भारतबाट सस्तो मुल्यमा ल्याई बिरामिहरुलाई केहि सस्तो पर्ने लालच देखाउदै बेच्ने गरेको पाइन्छ।
कोही बिरामिहरु भारतमा स्वास्थ्य जाँच गराइ औषधि सकिएर नेपालमा औषधि खोजिरहेका हुन्छ्न र ति मध्ये धेरै औषधिहरु नेपालमा दर्ता पनि नभएका हुन्छन । यहाँका औषधि पसलहरुमा पाउदैन र ति बिरामिहरु सामाजिक सन्जालतिर औषधि आवश्यकताको पोष्टहरु राखछ्न । त्यहिँ मौकाको फाइदा तस्करहरुले उठाउछ्न, जबकि ति सस्तो मुल्यमा दिइने औषधिहरु ओरिजिनल हुने होइनन या इन्जेक्सनहरुको कोल्ड चेन मेन्टेन छ छैन बिरामिलाई केहि जानकारी हुदैन । जसका कारण सस्तो पर्ने निहुँमा विरामीको ज्यान नै खतरामा पर्न सक्ने अवस्था देखिन्छ ।
बिरामीका आफन्तहरु बिरामिको अवस्था कृटिकल अवस्थामा हुँदा औषधि उपलब्ध भए हुने र त्यसको जति पनि पैसा तिर्न तयार हुने र यो कुरा बाहिर नभन्ने शर्तमा बिना बिल ति औषधिहरु तस्करहरुबाट लिने गर्छ्न ।
समाधान के त ?
औषधि ब्यबस्था बिभागले यसमा एकदमै ध्यान दिनुपर्ने देखिन्छ। नेपालमा प्रयोग हुने र हुन सक्ने घातक रोगहरुको औषधिहरुको लिस्ट बनाइ दर्ता प्रक्रियामा तुरुन्त लाग्ने र गैरकानुनि रुपमा भित्रने औषधि तस्करहरुलाई कडा भन्दा कडा कारवाहीको लागि सिफारिस गर्ने। स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालय , औसधि ब्यबस्था बिभाग, औषधि आयातकर्ता तथा कम्पनि, NCDA , NMSRA, PEAN , लगायत फार्मासिष्ट सबैले एकजुट भएर यसको रोकथामको लागि साथ दिने हो भने धेरै हदसम्म यो गैरकानुनी क्रियाकलाप कम हुन सक्छ ।
सम्पुर्ण बिरामी तथा आफन्तजन हरुलाई यसरी भित्रिने औषधि तस्करबाट साबधान रहि तस्करी भएको थाहा पाएमा तुरुन्त प्रहरीलाइ जानकारि गराइ सहयोग गर्नुहुन अनुरोध छ ।
सुदिप ज्ञवालि
औषधि बजार प्रबन्धक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा