सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शिक्षा भनेको सेवा हो । शिक्षा एउटा त्यस्तो अस्त्र हो जसले कुनैपनि नागरिकको भविष्य अँध्यारोबाट उज्यालोपतर्फ लगिरहेको हुन्छ । शिक्षा छैन् त मानिसमा केही पनि छैन् । तर, पछिल्लो समय शिक्षालाई व्यापार गर्ने भाँडा बनाइएको छ । पुँजीपति, पहुच र राजनितिक आड भएका व्यक्तिहरुले शिक्षाको प्रयोगबाट कमाउधन्दा सञ्चालन गरेको छ ।
यसमा नेपाल सरकारले पनि मौन देखिएको छ । सरकारले नै शिक्षालाई किनबेच गर्नेमा सहमति देखाएको पाइन्छ । ठुल्ठुला व्यापारीदेखि लिएर सरकारी जागिरेका छोराछोरी पढ्ने निजी विधालय र कलेजमा सबै राजनितिक दलको लगानी रहेको छ ।
निजी अस्पतालमा पनि राजनितिक दलकै लगानी रहेको पाइन्छ । राजनितिक संगठन खडा गरेर सरकारी विद्यालय, कलेज र अस्पताल धरासायी बनाउने यिनीहरुकै रणनितिभित्र पर्दछ । हरेक सरकारी क्याम्पसमा आ–आफ्ना पार्टीको संगठन नेताहरुले खडा गरेको छ ।
संगठन त खडा गरियो तर जनताको छोराछोरीको बारे राजनितिक दलहरुले सोचेका छैनन् । आफ्ना छोराछोरी पढाउने, शीर्ष स्थानमा पुप्याउने । गरिब जनताको छोराछोरी जो सरकारी क्याम्पसमा पढिरहेका छन् उनीहरुलाई ढुंगामुढा र झोले बन्नतर्फ प्रेरित गर्ने ।
नेपालको राजनितिक दल पनि त्यहीबाट अभिप्रेरित भएर आएका छन् । उनीहरुको पृष्ठभुमि केलाउने हो भने कोही आफु पढेकै विधालयमा आगजनी गरेर नेता बनेका छन् । अरुलाई भप्याङ बनाएर नेता बन्नेहरुको कमी हाम्रो देशमा छैन् ।
सिधासाधीलाई भप्याङ बनायो, झोला बोक्न र ढुंगामुढा गर्न सिकायो आफुचाहि नेता बन्यो । अरुको भविष्यमाथि खेलबाड गरेका, अरुलाई बिगारेका मात्र हाम्रा देशका नेतामा गनिन्छन् । आर्थिक कमजोर भएका छोराछोरी निजी शिक्षण संस्थामा पढाउन सक्दैनन् ।
विधार्थीको पढाइ राम्रो भएर के गर्ने ? राजनितिक दलका कार्यकर्ताले सरकारीमा पढ्न दिदैनन् । सरकारी शिक्षण संस्थामा पढ्ने वातावरणको विकास अझै पनि बन्न सकेको छैन् । पढ्न गएकाहरुलाई आन्दोलनमा लिएर हिड्ने, बन्दहड्ताल गर्ने अनि पढ्ने विधार्थीको भविष्य अन्योलमा पार्ने ।
सरकारले देशका कर्णधारहरलाई यही सिकाउने उदेश्यले सरकारी शैक्षिक संस्था खोलेको हो ? विद्यालयका शिक्षकमाथि हातपात गर्न, गालीगलौज गर्न, आन्दोलन र आगजनी गर्न सरकारी शैक्षिक संस्था खोलेको हुन् ? हुन् त सरकारी शैक्षिक संस्थाका शिक्षकहरु पनि त्यस्तै छन् ।
विद्यार्थीलाई पढाउनभन्दा पनि कहाँबाट कक्षा छोडेर रजनितिक पार्टीको झोला बोक्न पाइन्छ भनेर बसेका हुन्छन् । अहिले सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकले राजनितिक पार्टीको सदस्यता लिएका छन् । कानुनमा स्पष्ट रुपमा शिक्षकहरुले राजनितिक पार्टीको सदस्यता लिन मनाही गरेपनि यसलाई अटेर गरिरहेको देखिएको छ ।
तर, राजनितिक दलकै शीर्ष नेताहरु यसको विरोध गर्छन् । यसको एकमात्र ताजा उदाहरणः केही दिनअघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुले राजनितिक पार्टीको सदस्यता लिन पाउनुपर्छ भनेर भाषण गरे । जनताले तिरेको करबाट तलब खाने, अनि विद्यार्थी नपढाएर हाम्रो झोले बन भन्न प्रचण्डलाई लाज लागेन् ?
गरिब जनताको छोराछोरीको भविष्य अन्धकारमा पारेर शिक्षकहरुलाई राजनितिमा लाग्नुपर्छ भनेर सिकाउने यस्तो पनि नेता ।
अधिकांश निजी क्षेत्रमा कांग्रेस, एमाले र माओवादीको लगानी छ । हामीजस्ता सोझासोझी जनताको नारा बेच्ने गैरसरकारी संस्थामा पनि यी तिन पार्टीको कार्यकर्ताहरुको सबभन्दा धेरै लगानी छ । जनता ठग्ने पनि यिनीहरु, आज देशको यो अवस्था बनाउने पनि यिनीहरु र भ्रष्ट्राचार गर्ने पनि यिनीहरु । तर, हामी जनताले भोट दिने पनि यीनीहरुलाई नै हुन् ।
पहिलेपहिले बुढापाखाले भन्थे, आफै बिरामी, आफै धामी यहाँ पनि उही ने हाल छ । केही दिनअघि कांग्रेसको कार्यक्रममा राप्रपाको अध्यक्षले एउटा साँचो कुरा कोट्याए । जनताको आँखामा राजनितिक दलको छवि चोर र फटाहाको छ उनले भनेका थिए ।
देश बिग्रिनुको कारण सरकारी कर्मचारी र राजनितिक दलको बढ्दो विलासिता । भ्रष्ट्राचार गर्ने, आफ्नो तीन पुस्ता पाल्ने सम्पत्ति जोडने, जनताको काम नगर्ने । यदि देशको विकास गर्ने नै हो भने हरेक सरकारी कर्मचारी, राजनितिक दलको व्यक्तिगत सम्पत्ति छानबिन हुनुपर्छ ।
यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गर्ने हो भने देश विकास गर्न पुग्ने पैसा त्यहीबाट निस्किन्छ । साथै, भ्रष्ट्राचार गरि विलासिता जीवन बाचिरहेका यस्तालाई जेल हाल्नुपर्छ । यिनीहरुकै कारण आज शिक्षा र स्वास्थ्यमा व्यापारीकरण छिरेको हो ।
हरेक नागरिकले सित्तैमा पाउनुपर्ने साधारण सेवासुविधाको लागि ठुलो रकम चुक्ता गर्नुपरेको छ । शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण दृष्टिकोणले हेर्दा निजी क्षेत्रका शैक्षिक संस्था र अस्पतालहरुले मनलाग्दी पेसा लिइरहेको छन् । निजी क्षेत्रमा भइरहेको ठगी बारे सम्बन्धित निकाय मौन छ ।
कहाँ छ स्वास्थ्य मन्त्रालय र हिंसा मन्त्रालय ? मन्त्रालयमा बस्ने, घाम ताप्ने र भाषण ठोक्न काम मात्र भएको छ । अनुगमनमा मन्त्रालयका टोलीहरु निस्किदैनन् । नेपालको राजनितिक दलहरु जनताको सेवा गर्ने भन्छन् तर बिजनेस व्यापार चलाउछन् ।
राज्यलाई राजस्व छल्छन् व्यापारीलाई पार्टीको टिकट दिन्छन् । जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन्, ठेक्कापट्टा मिलाउछन् भ्रष्ट्राचार गर्छन् । आफन्तहरुलाई जागिर मिलाउछन्, राजदुत बनाउछन् ।
अहिले नेपालमा भएका राजनिति दलका शीर्ष नेताहरु भुमिगतको पालामा पनि भारत नै पुगेका थिए । भारतमा बसेर राजनिति गरे । नेपालमा जनताले आन्दोलन गरे राजनिति परिवर्तन भयो । तर, राजनिति दलको व्यवहारमा परिवर्तन आउन सकेको छैन् ।
एउटा सानो निर्णय गर्नपनि भारततिर औला तेस्य्राउछन् । बाबुराम भट्राई सरकारमा भएको बेला भनेको एउटा वाक्यः नेपालका नेता चलाउने चाबी भारतसंग छ । नेपालमा जे हुन्छ त्यसमा भारतले मुख्य भुमिका खेलिरहेको छ । भारतको विरोध गरेर तीनचोटिसम्म प्रधानमन्त्री भएका नेपाली राजनितिज्ञहरु पनि छन् ।
भारतकै विरोध गरेर सत्तामा आउने अनि त्यहीबाट लुकीछिपी आफ्नो खर्चपानी जुटाउने । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यस्तै छ । यही क्षेत्रलाई कमाउधन्दामा परिवर्तन गरेर यिनीहरुले करौडौको सम्पत्ति जोडिसके । शिक्षा र स्वास्थ्यलाई कमाउने अस्त्र बनाएर जनताको छोराछोरी कतिदिन ठग्ने ?
हामीजस्ता गरिब बाउआमाको छोराछोरीले पढ्नको लागि पनि यत्रो संघर्ष ? शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको लुट कसले बन्द गर्ने ? अहिले जतिपनि निजी क्षेत्रले शुल्क तोकेको छन् । त्यो उनीहरुको मनलाग्दी शुल्क हो ? यसको अन्त्य कहिले सरकार ? हामी नेपाली जनताको छोराछोरी कति दिन ठगिने ?
अनुसा थापा
भक्तपुर
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा